logo

 अत्याधुनिक विज्ञान प्रयोगशाला सरकारी विद्यालयलाइ हस्तातरण

      8/7/2017 गते 00 00 मा प्रकाशित     1134   पटक पढिएको

वीरगन्ज, २३ साउन ।  क्वेष्टफर्माद्धारा सुविधासम्मपन्न विज्ञान प्रयोगशाला निर्माणगरि सरकारी बीरगंजको श्री सिद्धार्थ माध्यमिक विद्यालयलाइ हस्तातरण गरिएको छ । एक कार्यक्रमगरि सोमवार प्रयोगशाला हस्तातरण गरिएको हो ।क्वेस्ट फार्मास्युटिकल्स प्रा. लि. को आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित विज्ञान प्रायोगशाला तथा विभिन्न दाताहरुको सहयोगमा ३६कम्प्युटरको प्रयोगशालाको उदघाटन पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले गरेका हुन  । बिद्यालयमा भएको बिकास प्रति सन्तोष ब्यक्त गर्दै प्रजिअ घिमिरेले शिक्षकहरुद्धारा शैक्षिक स्तरको विकासमा ध्ध्यान दिनुपर्ने आवश्यता औल्याए ।  उनले उहाले  ३ करोड बढीको लगानीमा विभिन्न निर्माण कार्यहरु भइरहेको बताए ।  विद्यार्थीहरुको उत्कृष्ट भविष्यको लागी ८लाखको लागतमा विज्ञान प्रयोगशालाको निमार्ण गरि  हस्तान्तरण गरिएको क्वेष्ट फर्माप्रालिका प्रबन्ध निर्देशक पृथ्वीराज भन्डारीले बताए  भयो । 
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिजय सरावगीले स्वागत गरेका थिए । विद्यालयमा कक्षा १२ तह सम्म प्रयोग गर्न सकिने विज्ञान प्रायोगशाला , ३६ वटा कम्प्युटर भएको इन्भर्टर र सिसिटिवी क्यामेरा जडान गरिएको प्रयोगशाला  निर्माण गरीएको कार्यक्रममा जानकारी समेत गराइएको थियो ।
कार्यक्रममा  संघीय समाजवादी फोरम नेपालका पर्साका अध्यक्ष प्रदिप यादव र क्वेस्ट फार्मास्युटिकल्सका निजु राजभण्डारीको पत्रकार महासंघ पर्सा साखाका अध्यक्ष श्याम बन्जारा, विद्यालयका प्रधानाध्यापक राजेश पाण्डे, वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा, वरिष्ठ पत्रकार जगदीश शर्मा, वरिष्ठ समाजसेवी मधु राना, शिवशंकर पटेल लगायतको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.