logo

स्वास्थ्यचौकी हस्तान्तरण गर्न अधिकारकर्मीको माग

      7/2/2017 गते 00 00 मा प्रकाशित     1438   पटक पढिएको

बीरगंज १८ असार /जिल्लामा निर्माण भएका स्वास्थ्यचौकी भवनहरु हस्तान्तरणमा ढिलाई भएको प्रति मानवअधिकारकर्मीहरुले चिन्ता ब्यक्त गरेका छन । पर्सा जिल्लामा लाखौको लगानीमा स्वास्थ्यचौकीहरु र्निमाण भएपनि त्यसको हस्तान्तरण भएका छैनन । स्वास्थ्य चौकी हस्तान्तरण नहुदा साविकका गाविस कार्यालयहरुमा स्वास्थ्यचौकी र वर्थिङ्ग सेन्टरहरु संचालन गर्नु परिरहेको छ । सानो ठाउमा चौकीहरु संचालन गर्नु पर्दा सेवाको प्रभावकरितामा समस्या आएको स्वास्थ्यकर्मीहरुकै गुनासो रहेको छ । जिल्लाको साविकको गादी परवानीपुर भवानीपुर लगायतमा र्निर्माण भएको स्वासथ्यचौकीहरुको हस्तान्तरणको प्रक्रिया अगाडि बढाउन माग गर्दै आज पर्साका मानवअधिकारकर्मीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको ध्यानाकर्षण गराएका छन । समुहका पर्सा अध्यक्ष तवरेज अहमदले ध्यानाकर्षण पत्र बुझाउदै नागरिकको मौलीक हकको रुपमा रहेको स्वास्थ्य अधिकारको उपभोगको वतावरण बनाईदिन निर्माण भएका भौतीक पूर्वाधार हस्तारतन्तरणको बतावरण बनाउन माग गरेका हुन । जवाफमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले आफ्नै पहलमा गत वर्ष दुईवटा स्वास्थ्य चौकी हस्तान्तरण गरिएको जानकारी दिए  । उनले  क्रोनीककै रुपमा रहेको बिषय उठान गरिएको भन्दै भन्दै आफूले हस्तान्तरणको बतावरण बनाउने प्रतिवद्धता जनाए । उनले सरोकार राख्ने अड्डाका कर्मचारीहरुको उदासिनताका कारण समस्या आएको चर्चा गर्दै त्यसलाई छिटै अन्त्य गरि  स्वास्थ्यचौकीबाट नै जनतालाई स्वास्थ्य सेवा दिने अवस्था निर्माण हुने बताए  । 
    समुहले आजै स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव रहेको जानकारी दिदै औषधी आपूर्तीको ब्यवस्था मिलाउन र आगामी आर्थिक वर्षमा यो समस्या दोहरिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको पनि ध्यानाकर्षण गराएको छ । जवाफमा पर्साका जनस्वास्थ्य प्रमुख राजकिशोर पंडितले  कर्मचारीलाई तोकिएको समयसीमा सम्म कार्यालयमा कार्यरत रहन निर्देशन दिइएको बताए  । उनले तोकिएको समयसम्म कार्यालयमा उपस्थित नहुने कर्मचारीलाई कारवाही गर्ने प्रतिवद्धता जनाए । आउने आर्थिक वर्षबाट बिषयगत कार्यालयहरु गाउँपालिका र नगरपालिकामा जाने भएकोले औषधी आपूर्तीको समस्या कम हुने उनले बताए । उनले  अहिले स्वास्थ्य चौकीहरुमा औषधीको अभाव रहेको स्वीकार गरे । 
समुहका अध्यक्ष तवरेज अहमदको नेतृत्वमा गएको टोलीमा नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष एवं इन्सेक प्रतिनिधि के.सी.लामिछाने। नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी,नेपाल मानव अधिकार संगठन पर्साका सविच शिवनाथ यादव समुहका जिल्ला सचिव समशुल हवारी  समुहका सदस्यहरु निला राम,निलम पंत मानव अधिकार निगरानी समहु मधुवन मथौलका अध्यक्ष दिनेश तिमिल्सीना गादीका अध्यक्ष बिजय गैरे लगायतको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.