logo

स्वास्थ्यचौकी हस्तान्तरण गर्न अधिकारकर्मीको माग

      7/2/2017 गते 00 00 मा प्रकाशित     1260   पटक पढिएको

बीरगंज १८ असार /जिल्लामा निर्माण भएका स्वास्थ्यचौकी भवनहरु हस्तान्तरणमा ढिलाई भएको प्रति मानवअधिकारकर्मीहरुले चिन्ता ब्यक्त गरेका छन । पर्सा जिल्लामा लाखौको लगानीमा स्वास्थ्यचौकीहरु र्निमाण भएपनि त्यसको हस्तान्तरण भएका छैनन । स्वास्थ्य चौकी हस्तान्तरण नहुदा साविकका गाविस कार्यालयहरुमा स्वास्थ्यचौकी र वर्थिङ्ग सेन्टरहरु संचालन गर्नु परिरहेको छ । सानो ठाउमा चौकीहरु संचालन गर्नु पर्दा सेवाको प्रभावकरितामा समस्या आएको स्वास्थ्यकर्मीहरुकै गुनासो रहेको छ । जिल्लाको साविकको गादी परवानीपुर भवानीपुर लगायतमा र्निर्माण भएको स्वासथ्यचौकीहरुको हस्तान्तरणको प्रक्रिया अगाडि बढाउन माग गर्दै आज पर्साका मानवअधिकारकर्मीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको ध्यानाकर्षण गराएका छन । समुहका पर्सा अध्यक्ष तवरेज अहमदले ध्यानाकर्षण पत्र बुझाउदै नागरिकको मौलीक हकको रुपमा रहेको स्वास्थ्य अधिकारको उपभोगको वतावरण बनाईदिन निर्माण भएका भौतीक पूर्वाधार हस्तारतन्तरणको बतावरण बनाउन माग गरेका हुन । जवाफमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले आफ्नै पहलमा गत वर्ष दुईवटा स्वास्थ्य चौकी हस्तान्तरण गरिएको जानकारी दिए  । उनले  क्रोनीककै रुपमा रहेको बिषय उठान गरिएको भन्दै भन्दै आफूले हस्तान्तरणको बतावरण बनाउने प्रतिवद्धता जनाए । उनले सरोकार राख्ने अड्डाका कर्मचारीहरुको उदासिनताका कारण समस्या आएको चर्चा गर्दै त्यसलाई छिटै अन्त्य गरि  स्वास्थ्यचौकीबाट नै जनतालाई स्वास्थ्य सेवा दिने अवस्था निर्माण हुने बताए  । 
    समुहले आजै स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव रहेको जानकारी दिदै औषधी आपूर्तीको ब्यवस्था मिलाउन र आगामी आर्थिक वर्षमा यो समस्या दोहरिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको पनि ध्यानाकर्षण गराएको छ । जवाफमा पर्साका जनस्वास्थ्य प्रमुख राजकिशोर पंडितले  कर्मचारीलाई तोकिएको समयसीमा सम्म कार्यालयमा कार्यरत रहन निर्देशन दिइएको बताए  । उनले तोकिएको समयसम्म कार्यालयमा उपस्थित नहुने कर्मचारीलाई कारवाही गर्ने प्रतिवद्धता जनाए । आउने आर्थिक वर्षबाट बिषयगत कार्यालयहरु गाउँपालिका र नगरपालिकामा जाने भएकोले औषधी आपूर्तीको समस्या कम हुने उनले बताए । उनले  अहिले स्वास्थ्य चौकीहरुमा औषधीको अभाव रहेको स्वीकार गरे । 
समुहका अध्यक्ष तवरेज अहमदको नेतृत्वमा गएको टोलीमा नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष एवं इन्सेक प्रतिनिधि के.सी.लामिछाने। नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी,नेपाल मानव अधिकार संगठन पर्साका सविच शिवनाथ यादव समुहका जिल्ला सचिव समशुल हवारी  समुहका सदस्यहरु निला राम,निलम पंत मानव अधिकार निगरानी समहु मधुवन मथौलका अध्यक्ष दिनेश तिमिल्सीना गादीका अध्यक्ष बिजय गैरे लगायतको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

तीन महिनामा प्रेस स्वतन्त्रता  हननका  ५९ घटना सार्वजनीक

काठमाडौँ । तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज । जेनजी  आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.