logo

रोड ढलान भएको दुई दिनमै चर्कियो

      7/5/2017 गते 00 00 मा प्रकाशित     1171   पटक पढिएको

बीरगंज २१ असार ।
असारको महिना छ । आर्थिक वर्षको अन्तिम महिना भएकोले सरकारी अड्डा सहित नीजि क्षेत्र पनि निकै सक्रिय भएको देखिन्छ । सरकारी अड्डाको सक्रियता भने बिचित्रको हुन्छ । श्रावण देखी शुरु हुने आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्र बिकासका कामले गति लिन्छन । यही समयमा मानविय बिकासकालागि तालिमहरुको आयोजना हुन्छ । क्षमता अभिबृद्धिको कुरा हुन्छ । तर त्यसको प्रतिफल मापन हुने अवस्था नै आउदैन किन भने अर्को आर्थिक वर्ष शुरु हुन्छ । अर्को आर्थिक वर्षको बजेट ब्यवस्थापनमा बिज्ञहरु लिन हुन्छन । भौतीक निर्माणको काम यतिवेला नै शुरु हुन्छ । पहिला जस्तो अहिले पनि सबै भन्दा बढी बिकास माटो पुरी ग्राभेल गर्नेमा भएको देखिन्छ । एक जना बिकासे कार्यालयका अधिकृत को टिप्पणी भने यस्तो छ “ त्यो बिकास त होइन तर धेरै पैसा यसमा लाग्ने गरेको ” । असारको २५ गतेबाट कोष तथा लेखा नियन्त्रक कार्यालयले खाता बन्द गर्छ त्यो भन्दा पहिला निकासा गराई सक्नु पर्छ । यस्तो चापमा काम गर्दा कस्तो हुन्छ भन्ने कुराको नमुना यस्तो छ ।सीमा क्षेत्र बिकास कार्यक्रम ओली सरकारले ल्याएको योजना हो । सीमा क्षेत्रमा रहेका जनताले राज्य छ भन्ने कुराको अनुभूती गरुन । सीमा पारीमा भएको बिकास  जस्तै आफनो क्षेत्रमा पनि होस स्वाभिमान उच्च होस भन्ने उद्धेश्य यो कार्यक्रमको रहेको तत्कालीन अर्थमंत्री बिष्णु पौडेलको बजेट भाषणमा समेत उल्लेख छ । तर ब्यवहारमा त्यसको कार्यान्वयन पक्ष हेर्दा जिल्ला बिकास समिति ,सम्बन्धीत गाउँ र त्याहाको उपभोक्ता समिति उद्धेश्य अनुसारको काम गर्न नचाहेको देखिन्छ । जसले मधेशका गाउँहरुलाई सदैब अबिकास र पछौटेपनमा राख्ने र अगुवाहरुले आफनो स्वार्थ पुरा गर्ने उद्धेश्य राखेको देखिन्टछ ।
    पकाहा मैनपुर गाउँपालिकाको वडा नं ५ सबैठवामा  २२ लाखको लागतमा रोड ढलानको काम भइरहेको छ । तर रोड ढलान भएको २ दिन बितेको छैन ढलान चर्किन थालेको छ । यस्तो कमशल खालको काम कस्को मिलीभगतमा भइरहेको छ ? उपभोक्ता समितिका अध्यक्ष मुनी ठाकुर  ? साइड इन्जिनीयर या डिई दिपक मिश्र या स्थानीय बिकास अधिकारी यसको जवाफ कसले दिने ? 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

तीन महिनामा प्रेस स्वतन्त्रता  हननका  ५९ घटना सार्वजनीक

काठमाडौँ । तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज । जेनजी  आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.