logo

मुम्बई महानगरसंग भगिनी सम्बन्ध स्थापनाको पहल

      7/4/2017 गते 00 00 मा प्रकाशित     1141   पटक पढिएको

भारत मुम्बई, २० आषाढ /
नेपाल भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष तथा वीरगञ्ज महानगरपालिकाका सद्भावनादूत अशोककुमार वैधले भारतको मुम्बई नगर निगमका महापौर विश्वनाथ महादेशवरसँग उनकै कार्यकक्षमा भेट गरि  वीरगञ्ज महानगरपालिका र मुम्बई नगर निगमबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धमा छलफल गरेका छन । 
मञ्चका केन्द्रीय अध्यक्ष तथा वीमनपाका सद्भावनादूत वैधले वीरगञ्ज महानगरपालिका र मुम्बई नगर निगमबीच सम्बन्ध स्थापित भएमा दुवै नगरबीच सहयोग आदान प्रदान भई नगरहरुको विकासमा सहयोग हुने बताए ।  वीरगञ्ज नगरलाई समेत विकसित तुल्याउन आवश्यक सहयोगको लागि दुत बैधले सो अवसरमा आग्रह गरेका थिए  । 
मुम्बई नगर निगमका महापौर महादेशवरले निकट भविष्यमा नै वीरगञ्ज नगरको भ्रमण गर्ने बताए । उनले वीरगञ्जलाई व्यवस्थित, सफा, सुन्दर, आकर्षक शहरको रुपमा विकसित गर्नको लागि आवश्यक सहयोग प्रदान गर्ने आश्वासन पनि दिए  । वैध वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष हुन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.