logo

भौतीक संरचना छ तर हस्तान्तरण नहुदा समस्या ः निगरानी समुह

      7/8/2017 गते 00 00 मा प्रकाशित     1560   पटक पढिएको

बीरगंज २४ असार /अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्ला मानव अधिकार निगारनी समुहको आयोजनामा  परियोजना सम्बन्धमा जिल्ला स्तरीय परियोजनाको परामर्श बैठक असार २४ गते नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा सम्पन्न भएको छ ।
     जिल्ला बिकास समिति पर्साका सामाजिक बिकास शाखाका अरविन्द सिंहको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेकले संचालन गरेको कार्यक्रमका बिषयमा छलफल भएको थियो । कार्यक्रममा मानव अधिकार निगारानी समुह मधुवन मथौलका अध्यक्ष दिनेश तिमिल्सीनाले गाउँ आफूहरुले गर्दै आएको कामको बारेमा प्रकाश पारेका थिए । उनले समुहले खाद्य,शिक्षा र स्वास्थ्यका क्षेत्रमा सरकारले ग्रामीण तहसम्म उपलब्ध गराएको सेवा सुविधा स्थानीय जनताले उपभोग गर्न पाए नपाएको बिषयमा आफूहरुले निगरानी गर्ने गरेको बताए । उनले निगरानीको अर्थ सेवा दिने र सेवा लिने वीच पूलको काम गर्ने अर्थमा बुझ्न समेत आग्रह गरे । उनले ग्रामीण स्तरमा स्वास्थ्य संस्थामा जनशक्तिले तोकेको समय अवधि सम्म काम नगर्ने ,औषधीहरुको उपलब्धता प्रभावकारी नहुने कृषकहरुको लागि स्तरीय बिउ सुलभ मलखाद र कृषिकर्मको बिषयमा प्राविधिक जानकारीको अभाव रहेको  बताए । त्यस्तै जिल्ला मानव अधिकार निगारानी समुह पसार्का अध्यक्ष तवरेज अहमदले स्वास्थ्यको क्षेत्रमा भौतीक संरचनाहरु बनेका तर ति हस्तान्तरण नभएर ग्रामीण बासिन्दाले प्रभावकारी स्वास्थ्य सेवा नपाएको बताउ ।  उनले त्यस्ता संरचना हस्तान्तरणको बतावरण बनाउन समुहले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको बताए । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत सचिदाननद सिंहले अहिले समस्याहरु रहेको स्वीकार गर्दै अव नयाँ संरचनामा गएपछि समस्याहरु हल हुने बिश्वास ब्यक्त गरे । जिल्ला शिक्षा कार्यालय पर्साका स्रोत ब्यक्ति नेपालेन्दु साहले शिक्षा क्षेत्रमा राज्यले दिएको सेवालाई प्रभावकारी कार्यान्वयनकोलागि सहयोगी भूमिका निर्वाह गरेकोमा इन्सेक र सुमहलाई धन्यवाद दिए । बिद्यालयहरुमा  अझै पनि समस्याहरु रहेको स्वीकार गर्दै उनले अव स्थानीय निकायको मातहतमा जाने भएपनि शिक्षालयहरु पनि जिम्मेवार र जवाफदेह हुने वतावरण बन्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, नेपाल बार एशोसिएशन पर्साका सचिव हरेराम सर्राफ ,जिल्ला मताधिकार मंच पसार्का सचिव निला राम इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछाने नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी  नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य बिजय कुशवाहा प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष निरज पिठाकोटे मगर लगायतले आफनो मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन जिल्ला स्तरीय मानव अधिकार निगरानी समुह पर्साका सचिव समशुल हवारीले गरेका थिए । कार्यक्रममा मानव अधिकार कर्मी ,सेवाग्राही तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.