Friday, 13 June 2025, 3:24:29 pm

छ जुवाडे सार्वजनिक एक चोर पक्राउ

      7/10/2017 गते 00 00 मा प्रकाशित     1600   पटक पढिएको

वीरगंज, २६ असार / जुवा केल्दै गर्दा वीरगन्ज महानगरपालिकाको मुर्ली बगैचाबाट पक्राउ परेका ६ जना जुवाडेलाई आज प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले विशेष सुचनाको आधारमा महानगरपालिकाको वडा नम्बर १५ स्थित मुर्लीबगैचामा डेरा गरी बस्ने भिम श्रेष्ठको कोठाबाट एक लाख ७२ हजार २ सय ७० रुपैया“ नगद सहित ६ जना जुवाडेलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
घर भित्र तास खेल्दै गरेको अवस्थामा प्रहरीले छापामारी गर्दा वीरगन्जको सिमावर्ती भारतीय शहर रक्सौल निवासी रमेश चौधरी, वीरगन्ज १० निवासी संजय श्रीवास्तव, वीरगन्ज १९ निवासी गोपाल प्रसाद मारवाडी, वीरगन्ज रानीघाट १३ निवासी अन्जनी कुमार गुप्ता र जुवा खेलाउने भिम श्रेष्ठ लाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरीले छापा मार्दा कोठाबाट ९ गड्डी सिल र ३ गड्डी खुला तासको बन्डल, एक थान क्यालकुलेटर समेत बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै जनालाई आवश्यक कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।
यस्तै वीरगंजमा चोरीका घटनामा संलग्न रहेको एक जनालाइनप्रहरीले पक्राउ गरेको छ । वीरगंज ५ मा डेरा गरि बस्ने रौतहटका अंशु यादबको ल्यापटप लगायत १ लाख ६६ हजारको सामान चोरी गरेको आरोपमा सोही ठाउँ वस्ने २५ बर्षिय मुन्ना महतोलाइ पक्राउ गरिएको प्रहरिले जनाएको छ । शंकाको आधारमा पक्राउ गरि सोधपुछ गर्दा मुन्नाको घरबाट ल्यापटप, पानी तान्ने मोटर लगायतका सामान बरामद भएको पनि प्रहरीले जनाएको छ ।
यस्तै लागू अौषद कारोबारमा संलग्न एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रक्सौल निवासी मुकेस भनिनेलाइ पक्राउ गरि हिरासतमा राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु