logo

राजपाको आन्दोलनमा नेपाल संघिय समाजवादी पार्टीद्वारा समर्थन

      6/15/2017 गते 00 00 मा प्रकाशित     1411   पटक पढिएको

वीरगञ्ज, १ असार ः नेपाल संघिय समाजवादी पार्टीले पनि राजपाको आन्दोलनमा समर्थन गर्दै आन्दोलनमा जाने घोषणा गरेको छ । मधेसी जनताले अधिकार पाई नसकेको र चुनावमा जाने वातावरण नबनेकोले आन्दोलनमा जाने निर्णय गरिएको पार्टीले जनाएको छ । बुधबार सम्पन्न भएको पार्टीको केन्द्रिय कमिटिको बैठकको निर्णय सार्वजनिक गर्न बिहिबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष रिजवान अन्सारीले अधिकार प्राप्तीको आन्दोलनबाट पछि हटेर चुनावमा जान नसकिने निष्कर्ष बैठकले निकालेको जानकारी गराए ।

राष्ट्रिय जनता पार्टीको आन्दोलन जायज भएको ठहर पार्टीले गरेको बताउँदै उनले आन्दोलनको समर्थन गर्ने बताए । ‘हामी उत्पिडित जनताको अधिकारको लागि आन्दोलनमा छौं, अहिले नै मुद्धाहरु सम्झौता गरेर सत्ता र चुनावमा जाँदैनौं ।’ अन्सारीले भने ‘अधिकार प्राप्तीको आन्दोलनमा ६० जनाले ज्यान गुमाए, करौडौंको क्षति भयो । हामी मधेसी जनतालाई विश्वास घात गर्न सक्दैनौं । ’ संविधान संशोधन मार्फत मधेसी जनताको माग सम्बोधन गरेर सबैलाई समेटेर चुनाव गराउन उनले आग्रह गरे ।

‘आन्दोलन हुन्छ, सहमति र सम्झौता गर्छन अनि लागु गर्दैनन् ।’ अध्यक्ष अन्सारीले भने ‘सरकारको रवैया दुरगामी असर पार्ने खालको छ । हामी अहिले आन्दोलनबाट पछि हट्ने अवस्थामा छैनौं ।’ मधेसको माग सम्बोधन भए मात्र मधेसमा चुनावको वातावरण बन्ने भन्दै उनले संविधान संशोधन गरेर मधेसको माग सम्बोधन नगरिए सम्म मधेसमा चुनाव हुनै नसक्ने ठोकुवा गरे । पूर्व गृह राज्य मन्त्री अन्सारीले आन्दोलनरत दल सबै मिलेर एउटै मोर्चा बनाउनुपर्नेमा पनि जोड दिए । ‘अहिले बल प्रयोग गरेर चुनाव गर्न त सकिन्छ । तर त्यसले दिर्घकालमा नेपालको हित गर्दैन । राष्ट्रियतामा नै आघात पुग्छ ।’

उनले भने ‘मधेसको माग सम्बोधन गर्दै सरकारले सबैलाई समेटर चुनाव गर्नुपर्छ, जबरजस्ति चुनाव गराए मुलुक झन ठूलो द्वन्द्वमा फस्छ । ’ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई धोकेबाज र गद्दारको संज्ञा दिँदै अध्यक्ष अन्सारीले भने, ‘उपेन्द्र यादवले मधेसलाई पटक÷पटक धोखा दिएका छन्, पहिलो मधेस आन्दोलनमा पनि उनले धोका दिएका थिए । अहिले पनि सत्ताको स्वाद चाख्न उनले मधेस र मधेसी जनतालाई धोखा दिएका छन्, उनिबबाट मधेसी जनता अब सजग रहनु पर्छ ।’

नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जाराको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा नेपाल संघीय समाजवादी पार्टीका उपाध्यक्ष राजकुमार यादव, केन्द्रीय सदस्य नथुनी कुशवाहा, अखिलेश यादव, लालबाबु राम, विष्णु सिंह पर्सा जिल्ला अध्यक्ष मोहम्मद सरिफ आलम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी आरसी यादवले गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.