logo

राजपाद्वारा लाठी जुलस प्रदर्शन

      6/17/2017 गते 00 00 मा प्रकाशित     1471   पटक पढिएको

वीरगञ्ज, ३ असार । संविधान संशोधन विना सरकारले २ नम्बर प्रदेश बाहेक बा“की मधेशका जिल्लाहरुमा जबरजस्ती स्थानीय तहको निर्वाचन गर्न लागेको भन्दै त्यसको विरोधमा आन्दोलन थालेको राष्ट्रिय जनता पार्टीले शनिबार वीरगञ्जमा लाठी जुलुस प्रदर्शन गरेको छ ।

वीरगञ्जको घण्टाघरबाट निकालिएको लाठि जुलुस नगरको विभिन्न भाग परिक्रमा गरि फेरि घण्टाघरमा आएर कोण सभामा आएर परिणत भएको थियो । लाठी जुलुसमा राजपाका नेताहरु सुरेन्द्र कुर्मी, शिव पटेल, शशिकपुर मिया“, जनार्दन यादव, महम्द कदम रसुल, ओम प्रकाश सरार्फ, ईश्वर यादव, धुरेन्द्र पटेल, धामु शर्मा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

संविधान संशोधन, स्थनीय तहको संख्या थप, मुद्दा फिर्ता लगायत आफुस“ग भएका सहमति कार्यान्वयन नगरि २ नम्बर प्रदेश बाहेक बा“की मधेशका जिल्लामा चुनाव गराएर मधेशी मधेशीमा विभाजन ल्याउन खोजेको भन्दै सरकारले जबरजस्ति चुनाव गर्न खोजेकाले राष्ट्रिय जनता पार्टीले पूर्वनिर्धारित कार्यक्रम अनुसार शनिबार लाठी जुलुस प्रदर्शन गरिएको हो । सरकारले २ नम्बर प्रदेश बाहेक प्रदेश नं.१, ५र ७ मा पूर्वनिर्धारित मिति असार १४ गते गर्ने भनिएको निर्वाचनको लागि ४ गते आईतबार मनोनयनको मिति तोकेको छ ।

मनोनयन प्रक्रिया प्रभावित पार्ने गरी राजपाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जिल्लाहरुमा बन्दको आहवान गरेको छ । राष्ट्रिय जनता पार्टीले पकहा मैनपुर गाउ“पालिकामा पनि लाठी जुलुस प्रदर्शन गरेको छ । राजपाका नेता गोविन्द यादवको नेतृत्वमा पकहा चौकबाट निस्केको लाठी जुलुस गाउ“पालिका अन्तरगत लहावर थकरी, खेश्रहा, सबैठवा, सुर्जाहा, मधुवनी, धोरे लगायतका गाउ“को परिक्रम गरी फेरी पकहा चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

लाठी जुलुस कार्यक्रममा राजपाका स्थानिय नेताहरु हरिसुधार वर्णवाल, उपेन्द्र सहनी, समल प्रसाद यादव लगायतका नेताहरुको सहभागिता रहेको राजपाका नेता रामबाबु प्रसाद चौरसियाले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.