logo

राजपाद्वारा लाठी जुलस प्रदर्शन

      6/17/2017 गते 00 00 मा प्रकाशित     1303   पटक पढिएको

वीरगञ्ज, ३ असार । संविधान संशोधन विना सरकारले २ नम्बर प्रदेश बाहेक बा“की मधेशका जिल्लाहरुमा जबरजस्ती स्थानीय तहको निर्वाचन गर्न लागेको भन्दै त्यसको विरोधमा आन्दोलन थालेको राष्ट्रिय जनता पार्टीले शनिबार वीरगञ्जमा लाठी जुलुस प्रदर्शन गरेको छ ।

वीरगञ्जको घण्टाघरबाट निकालिएको लाठि जुलुस नगरको विभिन्न भाग परिक्रमा गरि फेरि घण्टाघरमा आएर कोण सभामा आएर परिणत भएको थियो । लाठी जुलुसमा राजपाका नेताहरु सुरेन्द्र कुर्मी, शिव पटेल, शशिकपुर मिया“, जनार्दन यादव, महम्द कदम रसुल, ओम प्रकाश सरार्फ, ईश्वर यादव, धुरेन्द्र पटेल, धामु शर्मा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

संविधान संशोधन, स्थनीय तहको संख्या थप, मुद्दा फिर्ता लगायत आफुस“ग भएका सहमति कार्यान्वयन नगरि २ नम्बर प्रदेश बाहेक बा“की मधेशका जिल्लामा चुनाव गराएर मधेशी मधेशीमा विभाजन ल्याउन खोजेको भन्दै सरकारले जबरजस्ति चुनाव गर्न खोजेकाले राष्ट्रिय जनता पार्टीले पूर्वनिर्धारित कार्यक्रम अनुसार शनिबार लाठी जुलुस प्रदर्शन गरिएको हो । सरकारले २ नम्बर प्रदेश बाहेक प्रदेश नं.१, ५र ७ मा पूर्वनिर्धारित मिति असार १४ गते गर्ने भनिएको निर्वाचनको लागि ४ गते आईतबार मनोनयनको मिति तोकेको छ ।

मनोनयन प्रक्रिया प्रभावित पार्ने गरी राजपाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जिल्लाहरुमा बन्दको आहवान गरेको छ । राष्ट्रिय जनता पार्टीले पकहा मैनपुर गाउ“पालिकामा पनि लाठी जुलुस प्रदर्शन गरेको छ । राजपाका नेता गोविन्द यादवको नेतृत्वमा पकहा चौकबाट निस्केको लाठी जुलुस गाउ“पालिका अन्तरगत लहावर थकरी, खेश्रहा, सबैठवा, सुर्जाहा, मधुवनी, धोरे लगायतका गाउ“को परिक्रम गरी फेरी पकहा चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

लाठी जुलुस कार्यक्रममा राजपाका स्थानिय नेताहरु हरिसुधार वर्णवाल, उपेन्द्र सहनी, समल प्रसाद यादव लगायतका नेताहरुको सहभागिता रहेको राजपाका नेता रामबाबु प्रसाद चौरसियाले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

तीन महिनामा प्रेस स्वतन्त्रता  हननका  ५९ घटना सार्वजनीक

काठमाडौँ । तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज । जेनजी  आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.