logo

आदर्शनगरमा ग्रिन सिटी यात्रु प्रतिक्षालय

      6/15/2017 गते 00 00 मा प्रकाशित     1236   पटक पढिएको

वीरगञ्ज, १ असार ः वीरगञ्जको आदर्शनगरमा निर्माण भएको यात्रु प्रतिक्षालयको बिहीबार उद्घाटन गरिएको छ । वीरगञ्ज महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले यात्रु प्रतिक्षालयको उद्घाटन गर्नुभएको हो ।

ग्रिन सीटि सामुदायिक सेवा केन्द्रको पहल र कादम्बरी एकेडेमीको आर्थिक सहयोगमा आदर्शनगरमा प्रतिक्षालयको निर्माण गरिएको ग्रिन सिटि सामुदायिक सेवा केन्द्रका मुर्ली जलानले जानकारी दिए । उद्घाटन कार्यक्रममा पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशी, ग्रिन सिटि समुदायिक सेवा केन्द्र र प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

दुई साता पहिले वीरगञ्जको महाविर स्थान नजिकै मुख्य सडकमा सवारी दुर्घटनामा परी १४ बर्षिया दिया अग्रवालको मृत्यु भएपछि ग्रिन सिटि सामुदायिक सेवा केन्द्रले गत जेठ १४ गते आयोजना गरेको छलफल कार्यक्रममा स्कुले बालबालबालिकाहरुको लागि बस स्टप बनाउने सहमति भएको थियो । त्यही अनुसार हाल वीरगञ्जका विभिन्न ६ स्थानमा यात्रु प्रतिक्षालय निर्माण गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्षालय भएकै स्थानमा विद्यालयको बस रोकेर विद्यार्थीहरुलाई चढाउने र ओराल्ने व्यवस्था मिलाउने तयारी भईरहेको छ । झण्डै १लाख रुपैया लागत लाग्ने प्रतिक्षालय बनाउन विभिन्न दाताहरु पनि तयार छन् । आदर्शनगरकै भाजुरत्न ईन्जिनियरिङ नजिकै अर्को यात्रु प्रतिक्षालय तयार भईसकेको जलानले जानकारी गराए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यकः एमाले महासचिव  पोख्रेल

बर्दिवास । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन  ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.