logo

स्व.विन्दु पाण्डे स्मृति क्रियाशिल महिला पत्रकारिता पुरस्कार माधुरीलाई प्रदान

      6/17/2017 गते 00 00 मा प्रकाशित     2592   पटक पढिएको

वीरगञ्ज, ३ असार । स्व.विन्दु पाण्डे स्मृति क्रियाशिल महिला पत्रकारिता पुरस्कार माधुरी महतोलाई प्रदान गरिएको छ । स्व. विन्दु स्मृति महिला पत्रकारिता प्रतिष्ठानले वीरगञ्जमा मतोलाई शनिबार पुरस्कार वितरण गरिएको हो ।

महतो विविसी नेपाली सेवाको वीरगञ्ज संवाददाता र वीरगञ्जको नारायणी एफएममा कार्यरत छिन् । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित कार्यक्रममा महतोलाई नगद दश हजार, सम्मान पत्र र खादा ओढाएर सम्मान गरिएको थियो । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वञ्जरा, प्रतिष्ठानका अध्यक्ष विजयप्रकाश विनले संयुक्त रुपमा सम्मान गरेका थिए ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको संस्थापक सदस्य पाण्डेको गत असार ५ गते असायमिक निधन भएको थियो । समारोहमा व्यापारी अध्यानन्द प्रसाद कलवार, पत्रकार पुरुषोत्तम सिंह भट्टराई, स्व.विन्दु पाण्डेका श्रीमान् एवं पत्रकार सुदर्शन राज पाण्डे, प्रतिष्ठानका सदस्य सरोज खड्का लगायत वीरगञ्जका पत्रकारको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन पत्रकार विजय भण्डारीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.