logo

पत्रकारमाथि आक्रमण गर्नेहरुद्वारा सार्वजनिक रुपमा क्षमा याचना 

      6/13/2017 गते 00 00 मा प्रकाशित     1252   पटक पढिएको


वीरगञ्ज, ३० जेष्ठ : नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारीमाथि आक्रमण गर्ने दोषीहरु मंगलबार पत्रकार महासंघको भवनमा पुगी पर्सेली पत्रकारहरु माझ सार्वजनिक रुपमा माफी मागेका छन् ।
                         
मंगलबार विहान नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा भएको कार्यक्रममा फोरम नेपाल निकटको यूवा संगठनका कार्यकर्ताहरु सुजित गिरी, एजाजबाबु राकी र कृष्णा चौरसियाले गल्ती स्विकार्य गर्दै सार्वजनिक रुप मै क्षमा याचना गरेका हुन् । तीनैजना केहि दिन अगाडी मात्रै फोरममा प्रवेश गरेका थिए । 
                       
सो अवसरमा संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले लोकतन्त्रको मेरुदण्ड रहेको सञ्चार जगतलाई स्वतन्त्ररुपमा लेख्ने बोल्ने अधिकार भएको बताए । पत्रकारलाई दुरव्र्यहार गर्ने, अपमानित गर्ने छुट कसइलाई पनि नभएको भन्दै यादवले तिवारी माथी भएको कार्यरतापूर्ण आक्रमणको निन्दा समेत गरे । 
                     
अगामी दिनमा यस्ता घटना हुन नदिन आफ्ना कार्यकर्ताहरुलाई जिम्मेवार बनाई पत्रकार र राजनीतिक दलका नेता बीचको सम्बन्ध सुमधुर बनाउन आफु निरन्तर लागि रहने प्रतिबद्धता यादवले व्यक्त गरे । दोषीहरुले सार्वजनिक रुपमा क्षमा याचना गरेपछि महासंघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको सचिव यूवराज खड्काले जानकारी दिए । 
                 
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जरा, पार्षद ध्रुव साह, नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य विजय कुशवाहा, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य बृजलाल पासवान, प्रेस सेण्टरका पर्सा अध्यक्ष निजर पिठाकोठे मगर, प्रेस सोसाइटीका छठु साह, मधेशी पत्रकार समाजका श्रवण साह, मेचिमहाकाली मिडिया सोसाइटीका जितेन्द्र साह लगायतको सहभागिता रहेको थियो । 
                     
जेष्ठ २२ गते सोमबार बेलुकी वीरगञ्जको विर्ता स्थित एक होटलमा खाजा खाइरहेका बेला पत्रकार तिवारी माथि सुजीत गिरी, एजाजबाबु राकी र कृष्ण चौरसियाले मोबिल छ्यापेर दुव्र्यहार गरे पछि त्यसको विरोधमा पत्रकार महासंघ पर्सा शाखाले चरणबद्ध आन्दोलन गर्दै आएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यकः एमाले महासचिव  पोख्रेल

बर्दिवास । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन  ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.