logo

टिकट नपाएपछि एमालेका कुर्मीले पार्टी परित्याग गरे

      6/28/2017 गते 00 00 मा प्रकाशित     1116   पटक पढिएको

वीरगन्ज , १४ असार । वीरगन्ज महानगरको मेयरका लागि नेकपा एमालेबाट प्रस्तावीत सुन्दर कुर्मीले पार्टी परित्याग गरि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने घोषणा गर्नु भएको छ । 

वीरगन्जमा आज पत्रकार सम्मेलन गरेर एमालेको भातृ संगठन लोकतान्त्रिक मधेसी संगठनको पर्सा जिल्ल अध्यक्ष समेत रहेका कुर्मीले आजका दिन देखि नै एमालेको साधरण सदस्यता समेत परित्याग गरि फोरम नेपालमा प्रवेश गर्ने घोषणा गरेका छन ।
 आसन्न स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयरका लागि एमाले जिल्ला कार्य समिति पर्साले कुर्मीको नाम केन्द्रिय कार्य समितिमा सिफारिस गरेको थियो । तर दुइ साता पहिले नेशनल मेडिकल कलेज वीरगन्जका प्रबन्ध निर्देशक एंव नेकपा माओवादी केन्द्रका नेता बसरुद्धिन अन्सारीलाइ एमालेले वीरगन्ज महानगरको मेयरमा टिकट दिने शर्तमा पार्टीमा भित्र्याए पछि कुर्मी रुष्ट भएका थिए । रुष्ट भएका कुर्मीले आज एमाले परित्याग गरि फोरम नेपालमा प्रवेश गर्ने घोषणा गरेका हुन ।
 पत्रकार सम्मेलनमा बोल्दै कुर्मीले तीन दशक देखि एमाले पार्टीमा आफुले दिएको योगदान र निष्ठालाइ लत्याउदै एमाले नेतृत्वले रकम लिएर नव प्रवेशीलइ वीरगन्ज महानगरको मेयरको टिकट बेच्ने निर्णय गरेपछि अब एमाले भित्र रहनुको कुनै अर्थ नभएको निष्कर्ष निकाल्दै आफुले एमाले परित्याग गरेको भन्दै निकट भविष्यमै आफु फोरम नेपालमा प्रवेश गर्ने घोषणा गरे ।

 दोश्रो संविधानसभाको चुनाव ताका एमाले नेतृत्वले वीरगन्ज महानगरको मेयरका लागि आफुलाइ आश्वासन दिएको र त्यही बेला देखि आफुले तयारी गर्दै आफनो पक्षमा माहौल बनाइसकेको अवस्थामा अहिले आएर अन्तिम समयमा एमाले नेतृत्वले आफुलाइ धोका दिदै रकम लिएर नव्रप्रवेशीलाइ मेयरको टिकट बेचेको कुर्मीले बताउनु भयो । एमाले अहिले पुजीपति र पैसा लिएर टिकट दिने पार्टी भएको भन्दै कुर्मीले एमालेकै कारण मधेसको माग सम्बोधन हुन नसकेको बताउनु भयो । 

पत्रकार सम्मेलनमा फोरम नेपालका केन्द्रिय उपाध्यक्ष लालबाबु राउत गद्दीले निष्ठा र मुल्य मान्यताको राजनीति गर्ने कुर्मीलाइ पार्टीमा स्वागत गर्दै उहालाइ पार्टी नेतृत्वले उचित मुल्यांकन गर्ने बताउनु भयो । मधेस मुद्धाको समर्थनमा ढिलो चाडो सबै आउनै पर्ने भन्दै उपाध्यक्ष गद्धीले एमालेकै कारण मुलुकले राजनीतिक स्थिरता पाउन नसकेको बताए । उनले मुलुकलाइ निकास दिन र मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्न मधेसको मुद्धा सम्बोधन हुनै पर्ने बताए। 
पत्रकार सम्मेलनमा फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले एमाले परित्याग गर फोरम नेपालमा प्रवेश गर्ने कुर्मीको निर्णयको स्वागत गर्दै पार्टीका शीर्ष नेतृत्वसंग परामर्श गरेर छिटटै कुर्मीलाइ फोरम नेपालमा प्रवेश गराउने बताए। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

तीन महिनामा प्रेस स्वतन्त्रता  हननका  ५९ घटना सार्वजनीक

काठमाडौँ । तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज । जेनजी  आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.