logo

टिकट नपाएपछि एमालेका कुर्मीले पार्टी परित्याग गरे

      6/28/2017 गते 00 00 मा प्रकाशित     1266   पटक पढिएको

वीरगन्ज , १४ असार । वीरगन्ज महानगरको मेयरका लागि नेकपा एमालेबाट प्रस्तावीत सुन्दर कुर्मीले पार्टी परित्याग गरि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने घोषणा गर्नु भएको छ । 

वीरगन्जमा आज पत्रकार सम्मेलन गरेर एमालेको भातृ संगठन लोकतान्त्रिक मधेसी संगठनको पर्सा जिल्ल अध्यक्ष समेत रहेका कुर्मीले आजका दिन देखि नै एमालेको साधरण सदस्यता समेत परित्याग गरि फोरम नेपालमा प्रवेश गर्ने घोषणा गरेका छन ।
 आसन्न स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयरका लागि एमाले जिल्ला कार्य समिति पर्साले कुर्मीको नाम केन्द्रिय कार्य समितिमा सिफारिस गरेको थियो । तर दुइ साता पहिले नेशनल मेडिकल कलेज वीरगन्जका प्रबन्ध निर्देशक एंव नेकपा माओवादी केन्द्रका नेता बसरुद्धिन अन्सारीलाइ एमालेले वीरगन्ज महानगरको मेयरमा टिकट दिने शर्तमा पार्टीमा भित्र्याए पछि कुर्मी रुष्ट भएका थिए । रुष्ट भएका कुर्मीले आज एमाले परित्याग गरि फोरम नेपालमा प्रवेश गर्ने घोषणा गरेका हुन ।
 पत्रकार सम्मेलनमा बोल्दै कुर्मीले तीन दशक देखि एमाले पार्टीमा आफुले दिएको योगदान र निष्ठालाइ लत्याउदै एमाले नेतृत्वले रकम लिएर नव प्रवेशीलइ वीरगन्ज महानगरको मेयरको टिकट बेच्ने निर्णय गरेपछि अब एमाले भित्र रहनुको कुनै अर्थ नभएको निष्कर्ष निकाल्दै आफुले एमाले परित्याग गरेको भन्दै निकट भविष्यमै आफु फोरम नेपालमा प्रवेश गर्ने घोषणा गरे ।

 दोश्रो संविधानसभाको चुनाव ताका एमाले नेतृत्वले वीरगन्ज महानगरको मेयरका लागि आफुलाइ आश्वासन दिएको र त्यही बेला देखि आफुले तयारी गर्दै आफनो पक्षमा माहौल बनाइसकेको अवस्थामा अहिले आएर अन्तिम समयमा एमाले नेतृत्वले आफुलाइ धोका दिदै रकम लिएर नव्रप्रवेशीलाइ मेयरको टिकट बेचेको कुर्मीले बताउनु भयो । एमाले अहिले पुजीपति र पैसा लिएर टिकट दिने पार्टी भएको भन्दै कुर्मीले एमालेकै कारण मधेसको माग सम्बोधन हुन नसकेको बताउनु भयो । 

पत्रकार सम्मेलनमा फोरम नेपालका केन्द्रिय उपाध्यक्ष लालबाबु राउत गद्दीले निष्ठा र मुल्य मान्यताको राजनीति गर्ने कुर्मीलाइ पार्टीमा स्वागत गर्दै उहालाइ पार्टी नेतृत्वले उचित मुल्यांकन गर्ने बताउनु भयो । मधेस मुद्धाको समर्थनमा ढिलो चाडो सबै आउनै पर्ने भन्दै उपाध्यक्ष गद्धीले एमालेकै कारण मुलुकले राजनीतिक स्थिरता पाउन नसकेको बताए । उनले मुलुकलाइ निकास दिन र मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्न मधेसको मुद्धा सम्बोधन हुनै पर्ने बताए। 
पत्रकार सम्मेलनमा फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले एमाले परित्याग गर फोरम नेपालमा प्रवेश गर्ने कुर्मीको निर्णयको स्वागत गर्दै पार्टीका शीर्ष नेतृत्वसंग परामर्श गरेर छिटटै कुर्मीलाइ फोरम नेपालमा प्रवेश गराउने बताए। 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.