logo

तेश्रो दिन पनि बन्दले पर्सा, बाराको जनजीवन प्रभावित

      6/15/2017 गते 00 00 मा प्रकाशित     1299   पटक पढिएको

वीरगञ्ज, १ असार ः राजपाको आव्हानमा भएको बन्दका कारण पर्सा, बाराको जनजीवन तेस्रो दिन पनि प्रभावित भएको छ । बन्दका कारण तीन दिनदेखि सार्वजनिक सवारी साधन नचलेको र बजार खुल्न नसकेकोले जनजीवन प्रभावित भएको हो ।

संविधान संशोधन विना सरकारले जबरजस्ती स्थानीय तहको निर्वाचन गर्न लागेको भन्दै विरोधमा आन्दोलन थालेको राष्ट्रिय जनता पार्टीले चार दिने बन्दको आव्हान गरेको छ । बन्दका कारण विशेषगरी पर्सा, बाराको मुख्य बजार क्षेत्रको जनजीवन प्रभावित हुने गरेको छ । सर्वसाधरणहरुले परिवारमा कोहि विरामी परे मोटरसाईकलमा राखेर उपचारका लागि अस्पताल लैजान बाध्य भएका छन् । बन्दका कारण वीरगन्ज र कलैयाको मेनरोडमा रहेका पसलहरु बन्द छन् ।

यस्तै सामुदायिक तथा निजी विद्यालय र कलेजहरु तीनदेखि खुल्न सकेका छैनन् । कक्षा ११ को परीक्षामा भने आन्दोलनकारीले अवरोध पु¥याएका छैनन् । वीरगञ्ज र कलैयामा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले भाडाका सवारी साधन चल्न दिएका छैनन् भने मोटरसाइकल, ई–रिक्सा, रिक्सा र टयाम्पुहरु भने सन्चालनमा रहेका छन् । लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा नआएका कारण सर्वसाधारण मर्कामा परेका छन् ।

राजपाका नेता कार्यकर्ताहरुले १ असार बिहानै पर्सा, बाराको विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरे । बन्द सफल पार्नका लागि पर्सा र बाराका सदरमुकामका साथै ग्रामीण भेगका विभिन्न स्थानमा राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरु बिहानै देखि प्रदर्शनमा उत्रिएको राजपाका वीरगञ्ज नगर अध्यक्ष ओमप्रकाश सर्राफले बताए । वीरगञ्जको घण्टाघर चोक, आदर्शनगर, छपकैया, मुर्ली, पावर हाउस चोक, पिपरा, गण्डक चोक, पर्साको ग्रामीण क्षेत्र पोखरीया, पकाहा चोक, सखुवा प्रसौनी, भिस्वा, जानकीटोला तथा बाराको कलैया, परवानीपुर, जितपुर, नितनपुर, गण्डक बहुअरी, प्रस्टोका, प्रसौनी लगायतका स्थानमा राष्टिय जनता पार्टीका नेता कार्यकर्ताहरुले मंगलबार बिहानै देखि टायर बालेर प्रदर्शन गरेका छन् ।

वीरगञ्जको घण्टाघर चोकमा बिहान आन्दोलनकारीहरुले एउटा मोटरसाइकल तोडफोड गरेका छन् । बन्द हडतालका बेला भाडामा यात्रू ओसारको भन्दै आन्दोलनकारीहरुले ना १२ प ४२७१ नम्बरको मोटरसाइकलमा तोडफोड गरेका हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.