logo

वीरगञ्जमा बालबालिका गैरकानुनी श्रममा

      6/17/2017 गते 00 00 मा प्रकाशित     1417   पटक पढिएको

वीरगञ्ज, ३ असार । वीरगञ्जमा गैरकानुनी रुपमा बालबालिकालाई श्रममा लगाउने गरेको पाईएको छ । जिल्ला बाल क्लब सञ्जाल पर्साले गरेको सर्वेक्षण अनुसार वीरगञ्जमा त्यसरी श्रममा लगाईएका बालबालिकाको अवस्था एकदमै कष्टकर रहेको छ ।

बालबालिकालाई बिहानैदेखि राति अबेरसम्म काममा लगाउने तर लगाउनका लागि कपडा र उचित खान बस्न समेत नदिने गरेको भेटिएको सञ्जालले जनाएको छ । सर्वेक्षणमा वीरगञ्जमा मात्रै १ सय ३६ जना बालबालिकालाई श्रमिकको रुपमा काममा लगाइएको भेटिएका छन् ।

बालबालिकालाई श्रमिकको रुपमा राख्नु गैरकानुनी भएपनि अनुगमन गर्ने निकाय क्रियाशिल नहु“दा यहा“का होटल तथा उद्योग सञ्चालकहरुले मनपरी बालबालिकालाई काममा लगाइरहेका छन् । वीरगञ्जका विभिन्न होटल तथा उद्योगहरुले बालबालिकालाई श्रमिकको रुपमा काममा लगाउने गरेका छन् ।

सबै भन्दा बढी वीरगंजको नया“ बसपार्क, माइस्थान, मुर्लि लगायतका क्षेत्रमा रहेका खाना नास्ताका साना होटलहरुमा बालबालिकालाई काममा लगाईएको भेटिन्छ । कागज उद्योग तथा अन्य उद्योगहरुमा समेत बालबालिकाहरु श्रम शोषण परेका छन् ।

त्यस्ता बालबालिकाहरुलाई श्रमशोषणबाट मुक्ति दिलाउनका लागि निरन्तर रुपमा अभियान चलाएको तथा आगामी शुक्रबारदेखि पनि विशेष अभियान चलाउने बाल क्लब सञ्जाल पर्साकी अध्यक्ष सिमरन थापाले बताईन । ‘बालबालिकालाई श्रममा लगाउनु हु“दैन भनेर बाल क्लब मार्फत सचेतनाका कार्यक्रम गरिरहेका छौं ।’ उनले भनिन् ‘यसको नियमन निकाय कृयाशिल नहु“दा समस्या यथावत रहेको छ ।’

सञ्जालमा १२ बर्ष देखि १६ बर्ष उमेर समुहका बालबालिकाहरु आवद्ध छन । उनिहरु मार्फत नै गाउ“गाउ“ सम्म बालअधिकारका बारेमा सचेतनाका फैलाउने काम भइरहेको सञ्जालका पूर्व अध्यक्ष जया साहले बताए । अझ पनि होटेल, ग्यारेज, कलकरखाना, ईटा भट्टा जस्तो ठाउ“मा बालश्रम शोषण भईरहेको पाईन्छ ।

पर्सामा बालश्रम अन्त्य गर्नेका लागी विभिन्न संघ संस्थाहरु काम गरिरहेका छन् तर विभिन्न समस्याले गर्दा बालश्रम शोषण विरुद्ध अनुगमन गर्न नसकिएको कारण बजेटको अभावले गर्दा बालश्रमको लागि श्रम कार्यालय पर्साका प्रमुख ईन्जिनयर राधेश्याम झाको भनाई छ ।

‘बाल श्रमिक छन् भन्ने थाहा छ, हामीले माथिल्लो निकायमा त्यसका लागि बजेटको माग गरेका छौं, तर प्राप्त नभएकोले अनुगमन गर्न सकेका छैनौं ।’ झाले भने ‘उद्दार गरेर पनि कहा“ ल्याएर राख्ने ।’

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.