logo

उपेन्द्र यादवको मानसिक सन्तुलन बिग्रिएको छः राजपा नेता महतो

      6/14/2017 गते 00 00 मा प्रकाशित     1589   पटक पढिएको

बीरगंज ३१ जेठ । सम्बिधान संशोधन शहीद घोषणा,घाइतेको उपचार स्थानीय तहको बृद्धि लगायतका माग पुरा नभए मधेशमा चुनाव नहुने राजपाका नेता बताएका छन   । 
राष्ट्रीय जनता पार्टीका अध्यक्षमण्डलका  नेता महतोले बीरगंजको आन्दोलनको केन्द्र घण्टाघरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै निर्वाचनको माहोल बन्दै गरेको चर्चा चलाएर ठुला दलले जनताको बिरुद्ध षडयन्त्र गरेको आरोप लगाए  ।

उनले  जुन सम्बिधान मधेशी जनताका निम्ति बिभेदकारी छ त्यसलाई कार्यान्वयन गर्ने गरि गर्न लागिएको स्थानीय तहको निर्वाचनमा आफूहरुले भाग नलिने बताए  । उनले राजपा बिनाको चुनाव मधेशमा हुन नसक्ने दावी गरे । निर्वाचनका लागि पहिले सरकारलाई  सीमाकंन विवाद सल्टाउने ढोका खोल्ने उनले सुझाए । नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व लगायतका विवाद सुल्झाउने सुनिश्चितता गर्नुपर्यो । संविधान निर्माण गर्दा एकसाथ रहेका ठूला तीन दल अहिले संशंोधनका लागि दुई तिहाई नपुग्ने भन्दै पन्छिन खोजेको उनले आरोप लगाए । 

‘दुई तिहाईको बहाना मात्र हो,’ उनले भने, ‘त्रुटिपूर्ण संविधान निर्माण गर्दा सबै मिल्ने अनि अहिले संशोधन गर्दा नमिल्ने, सुधार गर्ने जिम्मा पनि उनीहरुकै हो ।’ मधेसका जनताले निर्वाचनभन्दा अगाडि अधिकार चाहेको उनले बताए । अगामी असार १४ को चुनाव नसारे अनर्थ हुने चेतावनी दिए ।‘मधेसीको समस्या समाधान गरेर निर्वाचन गराए देश बच्छ,’ महतोले भने, ‘नत्र देशमा अनर्थ हुन्छ । समस्या दुई नम्बर प्रदेशमा मात्र छैन्, पुरै मेचीदेखि महाकालीसम्म छ ।’ 

मधेशमा संघीय समाजवादी फोरम तपाईहरुको तारोमा किन परेको हो भनी पत्रकारले राखेको जिज्ञासाको जवाफ दिदै नेता महतोले हक अधिकारकालागि लडेकोे भन्दै जनतालाई शहादत दिन लगाउने यादवलाई  अहिले त्यत्रो आन्दोल अध्यक्ष र मेयर बन्नकालागि हो र ? भन्दै जनताले सोध्न खोजेका होलान भने ।  । उनले उपेन्द्र यादव के.पी.ओलीको नयाँ अवतारको रुपमा देखा परेको चर्चा गर्दै उनी बिरुद्ध आफनो पार्टीलेकेही नगरेको दावी गरे ।

यादव त हाम्रा मित्र हुन नी महतोले भने  हाम्रो मित्र भएर हुदो रहेनछ जनताले नछोडने रहेछन । उनले उपेन्द्र यादवको मानसिक अवस्था ठिक नभएको बताए । मंगलवार मात्र यादवले राजेन्द्र महतोलाई भारतीय नागरिक भएको टिप्पणी गरेका थिए । यादवको त्यो टिप्पणीको प्रतिवाद गर्दै नेता महतोले हिजो आन्दोलनको बेलामा नाकामा बस्नेहरु जनतालाई भारतीय भन्ने गरिएको थियो आज उपेन्द्र जी त्यही भन्दै हुनुहुन्छ यस्तो कुरा त स्वस्थ नेताले भन्नै सक्दैननी भने ।आन्दोलनलाई चर्काउन आज बीरगंज झरेका महतो केही दिन मधेशमै रहने बताइएको छ । 

पत्रकार सम्मेलनमा राजपाका जीतेन्द्र सोनल, राजेशमान सिंह, सुरेन्द्र कुर्मी, शिव पटेल, शशी कपुर मियाँ, पुरुषोत्तम झा लगायतका नेता उपस्थित रहेका थिए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.