logo

अन्सारीको एमाले प्रवेशसंगै महानरगर प्रमुखको भिडन्त रोचक हुने

      6/12/2017 गते 00 00 मा प्रकाशित     1159   पटक पढिएको

बीरगंज २९ जेठ । गएको सम्बिधान सभामा पर्सा क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका प्रत्याशी रहेका बसरुदिन अन्सारी सोमवार एक कार्यक्रमकावीच एमाले प्रवेश गरेका छन । मधेश आन्दोलनको इपिसेन्टरको रुपमा रहेको बीरगंजमा अन्सारीको एमाले प्रवेशले एमाले पंक्तिमा उत्साह र निराशा सहितको मिश्रीत प्रतिक्रिया देखिएको छ ।

मधेश आन्दोलनमा संलग्न रहेका दलहरुको आक्रमणको तारो बनेको नेकपा एमालेले राजनीतिक गतिविधि संचालनमा असहजता महशुस गरेको थियो । अन्सारीको प्रवेशले जनशक्ति र स्रोत परिचालनमा पनि एमाले कमजोर नहुने मनोबिज्ञानले एमाले पंक्तिलाई उर्जा पैदा गरेको छ । एमाले प्रवेश गरेका अन्सारी पार्टीको तर्फबाट बीरगंज महानगरका मेयर पदका उम्मेदवार हुने निश्चित छ ।

७० को सम्बिधान सभामा अन्सारीले ४ हजार बढी भोट ल्याएका थिए । पर्साको क्षेत्र नं २ मा नेकपा एमालले पनि ६ हजार बढी भोट प्राप्त गरेको थियो । पर्साको क्षेत्र नं १ मा नेकपा एमाले तुलनात्मक रुपमा कमजोर भएपनि  “मुस्लिम” फ्याक्टरले काम गर्ने बिश्लेषकहरुको दावी छ । बीरगंज महानगरको  वडा नं १,२,३ मा मुस्लिम समुदायको उल्लेख्य संख्या छ जुन अन्सारीको लागि फाइदाजनक सावित हुन सक्छ ।

नेपाली कांग्रेसको तर्फबाट पार्टी सभापति  अजय कुमार द्विवेदी महानगरको मेयरको उम्मेदवारको रुपमा पक्कापक्की भएपछि हालका सभासद राजेन्द्र बहादुर अमात्य पनि भोलीको दिनकालागि आफू सुरक्षीत भएको महशुस गर्दैछन । जसले द्विवेदीलाई जिताउन उनको भरमग्दुर प्रयत्न हुनेछ । नेपाली कांग्रेस पर्सा भित्र सबै पद द्विवेदीलाई चाहिने भन्ने खालको  आवाज सुषुप्त रुपमा उठेपनि त्यसले खासै असर पार्ने देखिदैन ।

एमालेमा भने मेयरका प्रस्तावित उम्मेदवारहरु मध्य सुन्दरकुर्मीमा असन्तुष्टि रहेको छ । तर पार्टीको निर्णयलाई मानेर हिडने कुरामा उनी प्रतिवद्ध रहेको उनी  निकटकाले बताएका छन । संघीय समाजवादी फोरमबाट बिजय सरावगी चुनावी मैदानमा उत्रिएका छन । राजपाले चुनावमा नजाने भएपछि महानगरमा लोकप्रिय उम्मेदवारका रुपमा प्रतिस्पर्धामा रहने आश गरिएका बिमल श्रीवास्तव भने चुनावी मैदानमा रहने सम्भावना  छैन ।

राजनीतिक रुपमा ताल ठोकेर आफनो उपस्थिति जनाउन नसकेको एमाले अन्सारीको प्रवेश संगै बलियो प्रतिस्पर्धीको रुपमा महानगरमा  देखा परेको छ । अन्सारीको एमाले प्रवेश र उम्मेदवारीले बीरगंज महानगरको प्रमुखको लडाईलाई रोचक मात्र बनाउने छैन । सहज आकलनहरु फेल भएर जाने अवस्था निर्माण भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यकः एमाले महासचिव  पोख्रेल

बर्दिवास । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन  ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.