logo

गणतन्त्र दिवस समारोहमा राष्ट्रपति सरिक

      5/29/2017 गते 00 00 मा प्रकाशित     1340   पटक पढिएको

काठमाडौँ, १५ जेठ । गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुभयो ।

समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश सुशीला कार्की र सभामुख ओनसरी घर्तीले सर्वत्र शान्तिको कामना गर्दै शान्तिका प्रतीक परेवा उडाउनुभयो । सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको तर्फबाट सलामी अर्पण गरिएको थियो ।

समारोहमा सैनिक हेलिकप्टरबाट गणतन्त्र दिवसको ब्यानर प्रस्तुत गर्नुका साथै पुष्पवृष्टिसमेत गराइएको थियो । सो अवसरमा राष्ट्रिय गानको धुन बजाउनुका साथै मुलुकमा राजनीतिक परिवर्तनको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदको सम्मान र सम्झनामा मौनधारण गरिएको थियो ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा मार्चपास साथै राष्ट्रियभाव जगाउने गीत–सङ्गीत र नृत्य प्रस्तुत गरियो । महानगरीय ट्राफिक महाशाखा, नेपाल प्रहरीको कमाण्डो, सशस्त्र प्रहरी बलको दङ्गा नियन्त्रण फौज, नेपाल स्काउटका तर्फबाट विभिन्न कलाकौशल प्रस्तुत गरियो ।

काठमाडौँ महानगरपालिका, भक्तपुर नगरपालिका, ललितपुर महानगरपालिका, मध्यपुरठिमी नगरपालिका र कीर्तिपुर नगरपालिका मध्यपुर नगरपालिकाको तर्फबाट आ–आफनो नगरको वेशभूषा, रहनसहन झल्कने सांस्कृतिक पहिचानसहितको गणतन्त्रसम्बन्धी झाँकी र नृत्य प्रस्तुत गरियो ।

समारोहमा प्रस्तुत गरिएको बेहुली ओलिनकाठमा बोकेको बेहुला र जन्तीसहितको पञ्चै बाजासहितको नृत्यलाई धेरैले निकै अभिरुचिपूर्वक हेरेर मनोरञ्जन लिएका थिए ।

विद्यालयका स–साना बालबालिकाले प्रस्तुत गरेको जुडो, तेक्वान्दो र कृषि मन्त्रालय मातहतका निकायले प्रस्तुत गरेको उत्पादनसम्बन्धी विविध प्रस्तुतिलाई पनि सबैले ध्यानपूर्वक नजर गरेको देखिन्थ्यो ।

गणतन्त्र दिवसलाई लक्षित गरेर सुरक्षा फौजका तर्फबाट समारोहमा राष्ट्रिय झन्डा, राष्ट्रिय फूल लालीगुराँस र सबै जाति, भाषा र संस्कृति झल्कने दियोको आकृति प्रस्तुत गरिएको थियो । नेपाल टेलिभिजन, रेडियो नेपाललगायतका विद्युतीय सञ्चारमाध्यमले गणतन्त्र दिवस कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेका थिए ।

समारोहमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, चारवटै सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रसँग आबद्ध तह र तप्काका महानुभावको उपस्थिति थियो ।

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन नेपाल सरकारले प्रत्येक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यकः एमाले महासचिव  पोख्रेल

बर्दिवास । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन  ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.