logo

यादवको खोजी गरिदिन श्रीमतीको अपिल

      5/28/2017 गते 00 00 मा प्रकाशित     1083   पटक पढिएको

बीरगंज  १४ जेठ । बैशाख २४ देखी परिवारको सम्र्पक भन्दा बाहिर रहेका बीरगंजको वडा नं २७ कोहडीका ४५ वर्षिया रामाधार राउत यादवको परिवारले उनी अपहरणमा परेको दावी गरेका छन  । बीरगंजमा ०७४ जेठ १३ गते  पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले अपहरणमा परेका राउतको खोजी गरिदिन स्थानीय प्रशासन अपिल गरेका छन । बैशाख २४ गते जन्त जान्छस भनेर हिडेका श्रीमान फर्किएर नआएको राउतीकी श्रीमती उर्मिला देवीले भन्नु भयो । उर्मीला देवीको माइतमा दाजुभाई नभएकोले माइतीको सम्पतीमा तीन छोरी मध्यका जेठी मन्तुरा देवी र उनका श्रीमान भोला राउत यादवले कब्जा गर्न खोजेको र आफनो श्रीमानले बिरोध गर्दा उनको अपहरण गरिएको अरोप उर्मिला देवीको छ । प्रहरीले भोला राउत यादवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । हामी अनुसन्धानमै छौ पर्साका प्रहरी प्रवक्ता चक्रराज जोशीले भने अहिले सम्म रामाधार राउत हुन सक्ने आशंका भएको ठाउमा खोजतलाश गरेका छौ तर उनको पत्तो लागेको छैन । रामाधारका परिवारजनले भने आफनो श्रीमानको अपहरणमा संलग्नहरुलाई जोेगाउन राजनीतिक नेताहरु र प्रहरी समेत लागेको आरोप लगाएका छन ।रामाधारका परिवारले किटानी जाहेरी दिएपनि प्रहरीले मुद्धा भने दर्ता गरेको छैन । भोला राउतलाई केही सार्वजनीक अपराध ऐन अन्र्तगत मुद्धा चलाएर अपहरण घटनामा अनुसनधान गरिहरेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यकः एमाले महासचिव  पोख्रेल

बर्दिवास । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन  ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.