logo

संविधान संशोधन बिना मधेसमा निर्वाचन हुदैन् : उपेन्द्र यादव

      5/8/2017 गते 00 00 मा प्रकाशित     1523   पटक पढिएको

 

वीरगन्ज - बैशाख ३१ गते हुन गइरहेको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिएको संघीय समाजवादी फोरम नेपालले मधेसमा भने चुनाव हुनै नदिने दाबी गरेको छ । फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरि मधेसका माग पुरा नभए सम्म मधेसमा चुनाव हुनै नदिने बताउनु भएको हो ।

वीरगन्जमा फोरम नेपालका शीर्ष नेताहरुको उपस्थितीमा सोमबार आयोजित एक दिने गोष्ठीलाइ सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधन नभए सम्म दोश्रो चरणमा हुने भनिएको चुनावमा फोरम नेपाले भाग नलिने र चुनाव पनि हुनै नदिने बताउनु भयो । मधेसको माग सम्बोधन नभए सम्म आफुहरुको आन्दोलन जारी नै रहने उहाको भनाइ थियो । उहाले भन्नु भयो ,‘ जब सम्म संविधान संशोधन हुदैन तब सम्म मधेसमा चुनाव हुन दिन्नौ , यदि मधेसमा चुनाव भएन भने अहिले पहाडमा भएका चुनावको पनि कुनै अर्थ रहदैन । मधेसको एजेण्डामा आफुहरुको अडान कायमै रहेको स्पष्ट पार्दै उहाले भन्नु भयो ,‘ अहिले फोरम नेपालका बारेमा फिजाइएको हल्ला भ्रम मात्रै हो , हामी मधेसको एजेण्डामा कुनै किसिमको सम्झौता गर्न तयार छैनौ ।

मधेसको मागको सवालमा नेकपा एमाले मात्र नभइ काँग्रेस पनि विपक्षमा रहेको भन्दै उहाले एमालेले संघीयता, , धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाइ समाप्त पार्नका लागि आन्तरिक रुपमा निर्णय नै गरिसकेको आरोप लगाउनु भयो । उहाले भन्नु भयो ,‘ एमालेले संघीयता, , धर्मनिरपेक्षता र गणतन्त्रलाइ सिध्याउन आन्तरिक रुपमा निर्णय नै गरिसकेको छ , त्यसैले उ संविधान संशोधनको पक्षमा नआएको हो , काँग्रेस पनि गणतन्त्रको विपक्षमा छ । सोझो ढंगले गरिने राजनीतिले हक अधिकार नपाइने भन्दै उहाले भन्नु भयो ,‘ सोझो राजनीतिले अधिकार पाइदैन , अधिकारका लागि राजनीतिमा औंला टेढो पार्नै पर्छ , त्यसैले हामी अहिले पनि आन्दोलन र संघर्षको मैदानमा छौ ।

मधेस विरोधी ठूला तीन दल बिचको अपवित्र गठबन्धन तोड्नका लागि नै तत्कालीन केपी ओलीको सरकारलाइ ढाल्न काँग्रेसका तत्कालीन सभापति शुसील कोइरालालाइ मधेसी मोर्चाले भोट दिएको उहाले बताउनु भयो । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिका बारेमा छलफल गर्न वीरगन्जको पदम पार्टी सेन्टरमा आयोजित गोष्ठीमा फोरम नेपालका वरिष्ठ नेता अशोक राइ , केन्द्रिय उपाध्यक्ष लालबाबु राउत गद्धी , महासचिव रामसहाय यादव , मधेस प्रदेश सचिव शेष नारायण यादवका साथै फोरम नेपालका राजनीति समिति सदस्य , केन्द्रिय पार्षद , केन्द्रिय सल्लाहकार समितिका सदस्य , प्रदेश समितिका पदाधिकारी र सदस्य तथा पर्सा , बारा , रौतहट र सर्लाहीका जिल्ला अध्यक्षहरुको सहभागीता थियो ।

गोष्ठीमा संविधान संशोधनका लागि सरकारले अगाडि सारेको प्रस्ताव , दोश्रो चरणको निर्वाचन, प्रधानन्यायधिश विरुद्धको महाअभियोग प्रस्ताव र फोरम नेपाल माथि अरु दलहरुले लगाएको आरोपका विषयमा गम्भिर रुपमा छलफल भएको फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिनु भयो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.