logo

फोरम नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

      5/28/2017 गते 00 00 मा प्रकाशित     1189   पटक पढिएको


वीरगञ्ज, १४ जेष्ठ । संघीय समाजवादी फोरम नेपालमा नेकपा एमालेका केन्द्रीय सदस्य प्रहलाद गिरी र पूर्वसांसद प्रद्युमन चौहानको नेतृत्वमा ठूलो संख्यामा कार्यकर्ताहरुले पार्टी प्रवेश गरेका छन् । केन्द्रीय सदस्य गिरी र पूर्वसांसद चौहानले जेष्ठ १० गते एमाले परित्याग गरी फोरम नेपालमा प्रवेश गर्ने घोषणा गरेका थिए ।

वीरगञ्जको नगरसभा गृहमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशी नेता कार्यकर्ताहरुलाई फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले फूलमालाले स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् । एमालेका दिनेश कलवार, एमाले निकट विद्यार्थी संगठन अनेस्ववियुका नेता सुजित गिरी, ठाकुर राम बहुमुखि क्याम्पसका नेता आजादले पार्टी सदस्यता लिएका छन् । पवन तिवारी पनि फोरम नेपालमा प्रवेश गरेका छन् ।
    
संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा सम्पन्न भएको पार्टी प्रवेश समारोहमा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं सांसद लालबाबु राउत, महासचिव रणध्वज कङ्दङवा, केन्द्रीय सदस्यहरु मोहनलाल चौधरी, विरेन्द्र यादव, हरि नारायण रौनियार र पप्पु तिवारी लगायतका नेताहरुको उपस्थिति थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यकः एमाले महासचिव  पोख्रेल

बर्दिवास । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन  ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.