logo

बाढी पस्दा ३२ घरधुरीमा क्षति, १९ परिवार विस्थापित

      5/10/2017 गते 00 00 मा प्रकाशित     1212   पटक पढिएको

डोटी, २८ वैशाख । डोटीको शिखर नगरपालिका–८ तिलतालीमा बाढी आउँदा ३२ घरधुरीमा क्षति पुगेको छ । बस्ती माथिबाट बगेको खहरे खोलाले ढुङ्गामाटो तथा रूख बगाएर ल्याएपछि खोलाले धार परिवर्तन गरी गाउँमा पसेपछि सो क्षति भएको हो ।


बुधबार साँझ करिब ४ः३० बजेदेखि सुरु भएको भारी वर्षापछिको बाढी गाउँमा पसेपछि स्थानीय बासिन्दाको भागाभाग भएको थियो । बाढीले मानवीय क्षति नगरे पनि १९ घरपरिवार विस्थापित भएका छन् । घरभित्र पसेको बाढीले घरभित्र रहेका लत्ताकपडा, अन्न बगाएको र केही चौपाया र एउटा पोल्ट्री फार्म पनि बगाएको स्थानीयवासीले बताए । बाढीले स्थानीयवासीको खेतीयोग्य जमिनमा पनि ठूलो क्षति पु¥याएको छ ।


गत वर्ष मनसुन सुरु हुनुअगावै जेठ २२ र २६ गते अकस्मात आएको बाढीले त्यस क्षेत्रमा रहेको दलित बस्तीमा क्षति पु¥याएको थियो ।


“पोहोरको बाढीपछि आफूहरुले सम्बन्धित निकाय सबैलाई जानकारी गराउँदा पनि आरडिएससीको अनुकूलन परियोजनाबाहेक अन्य ठाउँबाट कुनै किसिमको सहयोग प्राप्त भएन,” स्थानीय बाढीपीडित सङ्घर्ष समितिका अध्यक्ष भक्तबहादुर बलायरले भन्नुभयो, “जोखिम न्यूनीकरणका लागि कसैले चासो देखाएन ।”


स्थानीयवासीले हिउँद लागेपछि मात्र चैनको श्वास लिए । उनीहरुको चैन फेरि हराएको छ । बुधबार आएको बाढीले ठूल्ठूला ढुङ्गा, माटोसहित गाउँ पसेको बाढीले गाउँलाई बगरमा परिणत गरेको छ ।


डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले भन्नुभयो, “उद्धारपछि तत्कालका लागि खतरा टरेपनि पानी पर्दा फेरि खतरा बढ्छ, त्यसैले यसलाई दीर्घकालीनरुपमा समाधान गर्नु पर्छ ।”


“एकाएक फेरि भूतझैँ बाढी गाउँमा पस्यो,” स्थानीयवासी चन्द्रा बलायरले भनिन्, “भागाभाग गरेर ज्यान जोगायौँ ।” बाढीले गाउँमा ठूल्ठूला ढुङ्गा, माटो र बालुवा ल्याएर जम्मा पारिदिएको छ, जसले घरका आँगन बगर बनेका छन् । खेतमा पूरै ढुङ्गा र बालुवा भरिएको छ ।


दर्जनौँ घरभित्र पानी पसेको छ, जसले करिब दर्जन घरपरिवार विस्थापित भएका छन् । विस्थापितहरु ग्रामीण विकास सेवा केन्द्रको जडीबुटी प्रशोधन केन्द्र भवन र स्थानीय आफन्तका घरमा आश्रय लिएर बसेका छन् ।


घटना घटेसँगै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्ट नेतृत्वको प्रहरी तथा सशस्त्र प्रहरीको टोली उद्धारका लागि परिचालित भएको थियो । यसबाहेक नेपाल रेडक्रसको टोली पनि घटनास्थलमा पुगेर त्रिपाल र कम्बल प्रदान गर्दै उद्धार कार्यमा जुटेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यकः एमाले महासचिव  पोख्रेल

बर्दिवास । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन  ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.