logo

बाढी पस्दा ३२ घरधुरीमा क्षति, १९ परिवार विस्थापित

      5/10/2017 गते 00 00 मा प्रकाशित     1461   पटक पढिएको

डोटी, २८ वैशाख । डोटीको शिखर नगरपालिका–८ तिलतालीमा बाढी आउँदा ३२ घरधुरीमा क्षति पुगेको छ । बस्ती माथिबाट बगेको खहरे खोलाले ढुङ्गामाटो तथा रूख बगाएर ल्याएपछि खोलाले धार परिवर्तन गरी गाउँमा पसेपछि सो क्षति भएको हो ।


बुधबार साँझ करिब ४ः३० बजेदेखि सुरु भएको भारी वर्षापछिको बाढी गाउँमा पसेपछि स्थानीय बासिन्दाको भागाभाग भएको थियो । बाढीले मानवीय क्षति नगरे पनि १९ घरपरिवार विस्थापित भएका छन् । घरभित्र पसेको बाढीले घरभित्र रहेका लत्ताकपडा, अन्न बगाएको र केही चौपाया र एउटा पोल्ट्री फार्म पनि बगाएको स्थानीयवासीले बताए । बाढीले स्थानीयवासीको खेतीयोग्य जमिनमा पनि ठूलो क्षति पु¥याएको छ ।


गत वर्ष मनसुन सुरु हुनुअगावै जेठ २२ र २६ गते अकस्मात आएको बाढीले त्यस क्षेत्रमा रहेको दलित बस्तीमा क्षति पु¥याएको थियो ।


“पोहोरको बाढीपछि आफूहरुले सम्बन्धित निकाय सबैलाई जानकारी गराउँदा पनि आरडिएससीको अनुकूलन परियोजनाबाहेक अन्य ठाउँबाट कुनै किसिमको सहयोग प्राप्त भएन,” स्थानीय बाढीपीडित सङ्घर्ष समितिका अध्यक्ष भक्तबहादुर बलायरले भन्नुभयो, “जोखिम न्यूनीकरणका लागि कसैले चासो देखाएन ।”


स्थानीयवासीले हिउँद लागेपछि मात्र चैनको श्वास लिए । उनीहरुको चैन फेरि हराएको छ । बुधबार आएको बाढीले ठूल्ठूला ढुङ्गा, माटोसहित गाउँ पसेको बाढीले गाउँलाई बगरमा परिणत गरेको छ ।


डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले भन्नुभयो, “उद्धारपछि तत्कालका लागि खतरा टरेपनि पानी पर्दा फेरि खतरा बढ्छ, त्यसैले यसलाई दीर्घकालीनरुपमा समाधान गर्नु पर्छ ।”


“एकाएक फेरि भूतझैँ बाढी गाउँमा पस्यो,” स्थानीयवासी चन्द्रा बलायरले भनिन्, “भागाभाग गरेर ज्यान जोगायौँ ।” बाढीले गाउँमा ठूल्ठूला ढुङ्गा, माटो र बालुवा ल्याएर जम्मा पारिदिएको छ, जसले घरका आँगन बगर बनेका छन् । खेतमा पूरै ढुङ्गा र बालुवा भरिएको छ ।


दर्जनौँ घरभित्र पानी पसेको छ, जसले करिब दर्जन घरपरिवार विस्थापित भएका छन् । विस्थापितहरु ग्रामीण विकास सेवा केन्द्रको जडीबुटी प्रशोधन केन्द्र भवन र स्थानीय आफन्तका घरमा आश्रय लिएर बसेका छन् ।


घटना घटेसँगै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्ट नेतृत्वको प्रहरी तथा सशस्त्र प्रहरीको टोली उद्धारका लागि परिचालित भएको थियो । यसबाहेक नेपाल रेडक्रसको टोली पनि घटनास्थलमा पुगेर त्रिपाल र कम्बल प्रदान गर्दै उद्धार कार्यमा जुटेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.