logo

प्रधानमंत्रीद्वारा फास्टट्रयाकको शिलान्यास

      5/27/2017 गते 00 00 मा प्रकाशित     1301   पटक पढिएको

निजगढ १४ जेठ प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौबाट तराई जोड्ने रणनीतिक महत्वको द्रुर्त मार्ग (फास्ट ट्रयाक) को आइतबार बिहान निजगढमा शिलान्यास गरेका छन्।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने उक्त सडक ७६।२ किमी दूरीको हुनेछ। मुलुककै नमुना आयोजनाका रुपमा रहने द्रुत मार्ग निर्माणका लागि नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको नेतृत्वमा अधिकारसम्पन्न निर्देशक समिति गठन गरिएको छ।

तराई, मधेस, हिमाल र पहाडको भावनालाई जोड्ने यस मार्गले नेपालको आर्थिकलगायत बृहत्तर विकासमा योगदान पुर्‍याउनेछ। यो सडक निर्माणलाई नेपाली सेनाले गौरव र चुनौतीका रुपमा लिएर समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

ललितपुरको खोकनाबाट सुरु भई काठमाडौं, मकवानपुर हुँदै बारा जोडिने सडक निर्माणबाट काठमाडौं उपत्यकामा पुग्ने सडक सञ्जालको दूरी घटाउने, ढुवानीलाई छिटोछरितो बनाउनेछ।

एक खर्ब १२ अर्बको लगानीमा निर्माण  हुने उक्त सडक निर्माणपछि निजगढदेखि काठमाडौंसम्मको दूरी एक घन्टामा पूरा हुनेछ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस बिभिचन्न कार्यक्रम गरि  मनाइँदै

वीरगंज।  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ वीरगंजमा  विश्व रेडक्रस दिवस मनाइएको छ  ।

होटल तथा  पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल

वीरगंज ।  वीरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहलाइ करको दायरामा आउन आग्रह गरेका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.