logo

पत्रकारहरुको सुरक्षा चुनौतीका बिषयमा छलफल सम्पन्न

      5/29/2017 गते 00 00 मा प्रकाशित     1121   पटक पढिएको

 बीरगंज १५  जेठ । पत्रकारहरुको सूरक्षाका बिषयलाई अभिलेखीकरण गर्ने सीपबारे बीरगंजमा सोमवार अन्तरक्रिया सम्पन्न भएको छ । इन्टरनेशल अर्लटको सहयोगमा नेपाल पत्रकार महासंघले संचालन गरेको पत्रकार सुरक्षा परियोजना अन्र्तगत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बरिष्ठ पत्रकार बिनोद ढुङ्गेलले प्रेस स्वतन्त्रता उल्लघंनका घटनाहरु अभिलेखीकरण गर्दाका फाइदाहरुको बारेमा चर्चा गरेका थिए ।

प्रेस स्वतन्त्रता उल्लघनका घटना हुनुमा कस्ता कामले भूमिका खेल्छ भन्ने बिषयमा छलफल गर्दै पत्रकार ढुङ्गेलले पत्रकारहरुमाथिको भौतीक आक्रमण,संचार माध्यममाथिको आक्रमण र संचार माध्यमले उत्पादन गरेको समाचार प्रवाहमा गरिने अवरोध नै  प्रेस स्वतन्त्रताको उल्लघंन भएको बताएका थिए । उनले पत्रकारहरुले आचार सहिता पालना गर्दा पत्रकारमाथिको असुरक्षा धेरै घटेर जाने बताए ।

कार्यक्रममा पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले पत्रकारको सुरक्षामा सुरक्षा नियका सम्देनशील रहेको बताए । सुरक्षा चुनौतीका बिषयमा सूचना दिनुहोस अपराधीलाई कानूनको दायरामा ल्याउने काम गर्ने छौ उनले भने “तर पत्रकारका नाममा पेशागत गतिविधि भन्दा बाहिरका घटनामा पत्रकार हौ भनेर नआउनुहोला  ” । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव ध्रुव लम्सालले पत्रकार महासंघमा पेशागत शुद्धताको आवश्यकतामाथि जोड दिएका थिए ।

कार्यक्रममा बीरगंजका पत्रकारहरु कानून ब्यवसायी नागरिक समाजका अन्य सरकोकार समुहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।कार्यक्रम नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराको अधयक्षतामा भएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यकः एमाले महासचिव  पोख्रेल

बर्दिवास । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन  ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.