logo

पत्रकारहरुको सुरक्षा चुनौतीका बिषयमा छलफल सम्पन्न

      5/29/2017 गते 00 00 मा प्रकाशित     1341   पटक पढिएको

 बीरगंज १५  जेठ । पत्रकारहरुको सूरक्षाका बिषयलाई अभिलेखीकरण गर्ने सीपबारे बीरगंजमा सोमवार अन्तरक्रिया सम्पन्न भएको छ । इन्टरनेशल अर्लटको सहयोगमा नेपाल पत्रकार महासंघले संचालन गरेको पत्रकार सुरक्षा परियोजना अन्र्तगत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बरिष्ठ पत्रकार बिनोद ढुङ्गेलले प्रेस स्वतन्त्रता उल्लघंनका घटनाहरु अभिलेखीकरण गर्दाका फाइदाहरुको बारेमा चर्चा गरेका थिए ।

प्रेस स्वतन्त्रता उल्लघनका घटना हुनुमा कस्ता कामले भूमिका खेल्छ भन्ने बिषयमा छलफल गर्दै पत्रकार ढुङ्गेलले पत्रकारहरुमाथिको भौतीक आक्रमण,संचार माध्यममाथिको आक्रमण र संचार माध्यमले उत्पादन गरेको समाचार प्रवाहमा गरिने अवरोध नै  प्रेस स्वतन्त्रताको उल्लघंन भएको बताएका थिए । उनले पत्रकारहरुले आचार सहिता पालना गर्दा पत्रकारमाथिको असुरक्षा धेरै घटेर जाने बताए ।

कार्यक्रममा पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले पत्रकारको सुरक्षामा सुरक्षा नियका सम्देनशील रहेको बताए । सुरक्षा चुनौतीका बिषयमा सूचना दिनुहोस अपराधीलाई कानूनको दायरामा ल्याउने काम गर्ने छौ उनले भने “तर पत्रकारका नाममा पेशागत गतिविधि भन्दा बाहिरका घटनामा पत्रकार हौ भनेर नआउनुहोला  ” । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव ध्रुव लम्सालले पत्रकार महासंघमा पेशागत शुद्धताको आवश्यकतामाथि जोड दिएका थिए ।

कार्यक्रममा बीरगंजका पत्रकारहरु कानून ब्यवसायी नागरिक समाजका अन्य सरकोकार समुहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।कार्यक्रम नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराको अधयक्षतामा भएको थियो ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.