logo

पोखरमा सत्ताधारी गठबन्धनलाई “डिफिट” दिने जिसी को हुन ?

      5/26/2017 गते 00 00 मा प्रकाशित     1290   पटक पढिएको

१२ जेठ, पोखरा । देशकै ठूलो महानगर पोखरा लेखनाथको चुनावमा कांग्रेस माओवादी  गठबन्धनलाई परास्त गर्दै एमालले बिजय झण्डा फहराएको छ । एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो ।  तर, सत्तारुढ गठवन्धनमाथि एमाले एक्लै हाबी भयो र, पोखराको पहिलो मेयर बन्न सफल भएका छन् मानबहादुर जिसी ।  जसले निकटतम प्रतिद्वन्द्वी रामजी कुँवरलाई झण्डै १४ हजार मतान्तरले पराजित गर्दै पोखराको नेतृत्वमा पुग्ने जीसी हो हुन त ? ।

मानवहादुर जिसी एमाले कास्की उच्च नैतीक बल भएका नेता हुन । पोखराको मेयर छनौटका लागि पार्टी भित्र  भएको आन्तरिक चुनाव जित्नु परेको थियो ।   उम्मेदवार छनोटका लागि एमाले कास्कीले चुनाव गरेको थियो, जहाँ उनले पूर्व मेयर तथा पार्टी जिल्ला अध्यक्ष कृष्ण थापा, युवा संघका अध्यक्ष राजिव पहारीदेखि जिल्ला उपसभापति श्रीनाथ बराललाई पछि पारे ।

पार्टीभित्रको आन्तरिक चुनावमा जस्तै उनले पोखरा लेखनाथ महानगरको चुनावमा पनि शानदार जित निकालेका छन् । उनको राजनीतिक जीवनको यो आजसम्मकै सबैभन्दा ठूलो उपलब्धी हो ।

 जिसी एमालेका बैकल्पिक केन्द्रीय सदस्य हुन् । पार्टीभित्र त्याग, इमान्दारिता र नैतिकताको हिसाबले सधै अगाडि रहेका जिसी अवसर पाउने सवालमा पछि पर्दै आएको टिप्पणी कार्यकर्ताले गर्थे ।  सिंगो पार्टी एकजुट भएर उनलाई जिताउन लाग्यो र पोखरामा एमालेले लालकिल्ला कायम राख्यो ।

को हुन् मानबहादुर जिसी ?

पोखराका नवनिर्वाचित मेयर जिसीको जन्म २०१७ साल भदौ १७ गते भएको हो । चार दाजुभाई मध्ये जिसी जेठो छोरा हुन् उनको स्थायी घर साविक कालिका गाविस तथा हालको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २८ मा पर्छ । उनी गत संविधानसभा निर्वाचनमा कास्की १ बाट उम्मेदवार बनी करीव डेढ सय मतले कांग्रेसका यज्ञबहादुर थापासँग पराजित भएका थिए ।

शिक्षा शास्त्रमा स्नातक गरेका जिसीले राजनीतिक यात्रा भने तत्कालिन माले निकट अखिलबाट सुरु भएको थियो । उनी २०३७ सालमा अखिलको पृथ्वीनारायण क्याम्पस प्रारम्भिक कमिटीका अध्यक्ष बनेका थिए ।

त्यसपछि २०३९ मा जिल्ला कमिटी उपाध्यक्ष हुँदै २०४१ मा पार्टीको संगठित सदस्यता लिएका थिए । जिसी तत्कालिन कालिका गाउँ कमिटीका सचिव, ईलाका कमिटी सचिव हुँदै २०५० मा जिल्ला कमिटी सदस्य भएका थिए । सोही समयमा उनी क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष बने ।

२०६८ मा जिल्ला कमिटी सचिव ९प्रमुख० भएका उनी २०६६ सालबाट पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि जिल्ला अध्यक्ष बने । हाल उनी पार्टीका कास्की ईञ्चार्ज तथा वैकल्पिक केन्द्रीय सदस्य छन् ।२०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जिसी साविक कालिका गाविसको अध्यक्ष चुनिएका थिए । गाविस अध्यक्ष निर्वाचित भएको २५ वर्षपछि एकैपटक देशको ठूलो महानगरको मेयरमा निर्वाचित भए ।२०७० सालमा जिल्ला सुकुम्बासी आयोग कास्कीको ३ महिने अध्यक्ष समेत बनेका थिए । दोश्रो संविधानसभाको निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट चुनाव लडेका उनी कांग्रेसका यज्ञबहादुर थापासँग पराजित भएका थिए ।

के छन् जिसीका प्रतिबद्धता ?

पोखरा लेखनाथ महानगरपालिका बनाउँदा साविकको पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका र केही गाविसहरु जोडिएकाले यहाँ तीन खाले मनोविज्ञान रहेको मेयर जिसीको बुझाइ छ । त्यसैले एउटै महानगरको मनोविज्ञान तयार गर्ने उनको प्रतिबद्धता छ ।

साविकको उपमहानगरमा सहर, लेखनाथ नगरपालिकामा गाउँसहर मिश्रित र अन्य थपिएका गाविसहरुमा ग्रामिण मनोविज्ञान रहेको भन्दै उनले सबैलाई एउटै महानगरको मनोविज्ञान तयार गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताएका थिए । त्यसका लागि तीनै ठाउँलाई ३ केन्द्र मानेर काम गर्ने उनको योजना छ ।

पोखरा महानगरको अर्को मनोविज्ञान भनेको गुरुङ समुदाय हो, जसलाई मेयरमा विजयी जिसीकै पार्टी एमालेबाट उमपेयरमा निर्वाचित भएकी मन्जु गुरुङले समेट्ने अपेक्षा छ । यो टिम समावेशीताका हिसाबले समेत उत्कृष्ट रहेको एमाले सांसद रविन्द्र अधिकारीले बताउँछन् ।

मानबहादुर जिसीले चुनावी अभियानका क्रममा केही महत्वकाक्षी योजना पनि अघि सारेका छन् । महानगरका कुनैपनि ठाउँको बाटो बिग्रेको २४ घण्टा भित्र बनाइसक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हाल बाटो बिग्रेको जानकारी गराएको महिनौंसम्म पनि बाटो नबन्दा कैयन दुर्घटना भइरहँदा यो प्रतिबद्धता पूरा गर्नु मेयर जिसीका लागि फलामको च्यूरा चपाउनु सरह हुनेछ ।

त्यस्तै उनले फोहरमैला ब्यबस्थापन बैज्ञानिक तरिकाले गरेर त्यहिं रोजगारी सिर्जना गर्ने, समृद्ध महानगर, सुखी महानगरपालिकाबासी बनाउने आफ्नो घोषणा पत्रमा उल्लेख गरेका छन् ।

पर्यटकीय क्षेत्र लेकसाईड मात्रै हो भन्ने मानसिकता तोडेर महानगरका सबै क्षेत्रमा होटल, रेष्टुरेण्ट खोल्दै होम(स्टे अवधारणालाई गाउँगाउँ पुर्‍याउने पनि बताएका छन् ।

प्रदेशस्तरीय र महानगरस्तरीय गरी २ वटा बसपार्क बनाउने उनको घोषणा पत्रमा उल्लेख छ । पोखरा लेखनाथ महानगरका ३३ वटै वडालाई जोड्नेगरी सडक सञ्जाल बिस्तार गर्ने उनले घोषणा गरेका छन् । पोखरा र लेखनाथमा पर्ने सबै तालहरुलाई जोड्ने लिंकेज रोड बनाउने, पोखरा अन्र्तराष्ट्रिय बिमानस्थललाई ५ वर्षभित्रै निर्माण सम्पन्न गर्ने उनले चुनावी अभियानमा बताएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.