logo

एमाले कार्यकर्ताको हत्या पछि जुगु शोकमग्न

हत्यारालाई कानूनी दायरामा नल्याए एमाले चुप नबस्ने ः सचिव ज्ञवाली

      5/10/2017 गते 00 00 मा प्रकाशित     1098   पटक पढिएको

 

काठमाडौं ।
हिजो बेलुका दोलखाको गौरीशंकर गाउँपालिकाअन्तर्गत वडा नं. २ जुगुँमा माओवादी आक्रमणबाट एमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्या पछि सो गाउँ शोकमग्न बनेको छ । २०७० सालको संविधानसभाको निर्वाचनमा माओवादीले ठूलो आतंक सिर्जना गरी बुथ कब्जा गरेर आफ्नो बर्चश्वमा राखेको उक्त गाउँमा अहिले एमालेलाई चुनाव प्रचार–प्रसारमा मात्र होइन, भोट माग्न नै नदिने गरी हत्यासमेत गरेर आतंक फैलाईएको छ ।

माओवादी आतंकबाट पुरै गाउँ आतंकित बनेको स्थानीय वासिन्दाले बताएका छन् । सोही माओवादी आक्रमणमा परी गम्भीर घाइते भएका दिलबहादुर बुढाथोकी अहिले काठमाडौं ल्याई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक सेवामा उपचाररत हुनुहुन्छ । टाउको धारिलो चोट लागेका बुढाथोकीको अहिले होस खुले पनि बोल्न सकिरहनुभएको छैन । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उहाँ हाल खतरामुक्त अवस्थामा हुनुहुन्छ ।

यसैबीच घाइते बुढाथोकीलाई भेट्न नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल, सचिवालय सचिव प्रदीप ज्ञवालीलगायतका नेताहरुले अस्पतालमा पुगेर उहाँको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ । घाइते बुढाथोकीको स्वास्थ्य स्थिति बुझेपछि सचिव ज्ञवालीले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै घाइतेको पूर्ण उपचार तथा मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै भन्नुभयो– ‘हामी हाम्रा कार्यकर्तामाथि भएको सांघातिक आक्रमणको घोर निन्दा गर्दछौं ।

हाम्रा कार्यकर्ता तामाङको ज्यान लिने गरी नै भएको आक्रमणमा संलग्न व्यक्तिहरुको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग जोड माग गर्दछौं । यदि सरकारले उदासिनता देखाएमा एमाले स्वयम्ले यस विषयमा हात हाल्नुपर्ने अवस्थामा महंगो मूल्य चुकाउनुपर्नेछ । त्यसबेला एमालेले हातमा दही जमाएर बस्नेवाला छैन ।’

घटनाबारे नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले एक विज्ञप्ति जारी गर्दै स्थानीय निर्वाचनको सिलसिलामा दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. २ मा हिजो २०७४ वैशाख २६ गते राती ८ः३० बजे माओवादी केन्द्रको अपराधिक जत्थाको सांघातिक आक्रमणमा नेकपा (एमाले)का सक्रिय युवा कुलबहादुर तामाङको दुःखद् निधन भएकामा पार्टी स्तब्ध भएको बताउनुभएको छ ।

भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘गौरीशंकर–१ मा पार्टीका तर्फबाट वडा सदस्यका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुर तामाङसहितले जुँगुस्थित निलकण्ठेश्वर मावि नजिकै होटलमा खाना खाइरहेको बेला अपराधिक जत्थाले आक्रमण गरेको थियो । करिब १७ राउन्ड फायरिङ गरिएको यस घटनाले सत्तासंरक्षित हिंसा, आतंक र अपराधपूर्ण क्रियाकलापलाई उजागर गरेको छ । यसको जति निन्दा गरे पनि कम हुन्छ । उक्त घटनामा परी पार्टीका पूर्व गाउँ कमिटी सचिव दिलबहादुर बुढाथोकीलाई घरमै पुगेर आक्रमण गरिंदा गम्भीर घाइते हुनुभएको छ । उहाँको काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

हाम्रो पार्टी यस घटनामा संलग्न सबैलाई तुरुन्त गिरफ्तार गरी कारवाही चलाउन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न र घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारसँग जोडदार माग गर्दछ ।  पार्टीलाई विजयी बनाउने अभियानमा जुट्दाजुट्दै जीवन आहुति दिने कमरेड कुलबहादुर तामाङप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । साथै, घटनामा घाइते दिलबहादुर बुढाथोकीलगायत सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यकः एमाले महासचिव  पोख्रेल

बर्दिवास । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन  ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.