logo

एमाले कार्यकर्ताको हत्या पछि जुगु शोकमग्न

हत्यारालाई कानूनी दायरामा नल्याए एमाले चुप नबस्ने ः सचिव ज्ञवाली

      5/10/2017 गते 00 00 मा प्रकाशित     1327   पटक पढिएको

 

काठमाडौं ।
हिजो बेलुका दोलखाको गौरीशंकर गाउँपालिकाअन्तर्गत वडा नं. २ जुगुँमा माओवादी आक्रमणबाट एमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्या पछि सो गाउँ शोकमग्न बनेको छ । २०७० सालको संविधानसभाको निर्वाचनमा माओवादीले ठूलो आतंक सिर्जना गरी बुथ कब्जा गरेर आफ्नो बर्चश्वमा राखेको उक्त गाउँमा अहिले एमालेलाई चुनाव प्रचार–प्रसारमा मात्र होइन, भोट माग्न नै नदिने गरी हत्यासमेत गरेर आतंक फैलाईएको छ ।

माओवादी आतंकबाट पुरै गाउँ आतंकित बनेको स्थानीय वासिन्दाले बताएका छन् । सोही माओवादी आक्रमणमा परी गम्भीर घाइते भएका दिलबहादुर बुढाथोकी अहिले काठमाडौं ल्याई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक सेवामा उपचाररत हुनुहुन्छ । टाउको धारिलो चोट लागेका बुढाथोकीको अहिले होस खुले पनि बोल्न सकिरहनुभएको छैन । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उहाँ हाल खतरामुक्त अवस्थामा हुनुहुन्छ ।

यसैबीच घाइते बुढाथोकीलाई भेट्न नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल, सचिवालय सचिव प्रदीप ज्ञवालीलगायतका नेताहरुले अस्पतालमा पुगेर उहाँको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ । घाइते बुढाथोकीको स्वास्थ्य स्थिति बुझेपछि सचिव ज्ञवालीले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै घाइतेको पूर्ण उपचार तथा मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै भन्नुभयो– ‘हामी हाम्रा कार्यकर्तामाथि भएको सांघातिक आक्रमणको घोर निन्दा गर्दछौं ।

हाम्रा कार्यकर्ता तामाङको ज्यान लिने गरी नै भएको आक्रमणमा संलग्न व्यक्तिहरुको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग जोड माग गर्दछौं । यदि सरकारले उदासिनता देखाएमा एमाले स्वयम्ले यस विषयमा हात हाल्नुपर्ने अवस्थामा महंगो मूल्य चुकाउनुपर्नेछ । त्यसबेला एमालेले हातमा दही जमाएर बस्नेवाला छैन ।’

घटनाबारे नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले एक विज्ञप्ति जारी गर्दै स्थानीय निर्वाचनको सिलसिलामा दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. २ मा हिजो २०७४ वैशाख २६ गते राती ८ः३० बजे माओवादी केन्द्रको अपराधिक जत्थाको सांघातिक आक्रमणमा नेकपा (एमाले)का सक्रिय युवा कुलबहादुर तामाङको दुःखद् निधन भएकामा पार्टी स्तब्ध भएको बताउनुभएको छ ।

भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘गौरीशंकर–१ मा पार्टीका तर्फबाट वडा सदस्यका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुर तामाङसहितले जुँगुस्थित निलकण्ठेश्वर मावि नजिकै होटलमा खाना खाइरहेको बेला अपराधिक जत्थाले आक्रमण गरेको थियो । करिब १७ राउन्ड फायरिङ गरिएको यस घटनाले सत्तासंरक्षित हिंसा, आतंक र अपराधपूर्ण क्रियाकलापलाई उजागर गरेको छ । यसको जति निन्दा गरे पनि कम हुन्छ । उक्त घटनामा परी पार्टीका पूर्व गाउँ कमिटी सचिव दिलबहादुर बुढाथोकीलाई घरमै पुगेर आक्रमण गरिंदा गम्भीर घाइते हुनुभएको छ । उहाँको काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

हाम्रो पार्टी यस घटनामा संलग्न सबैलाई तुरुन्त गिरफ्तार गरी कारवाही चलाउन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न र घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारसँग जोडदार माग गर्दछ ।  पार्टीलाई विजयी बनाउने अभियानमा जुट्दाजुट्दै जीवन आहुति दिने कमरेड कुलबहादुर तामाङप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । साथै, घटनामा घाइते दिलबहादुर बुढाथोकीलगायत सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.