logo

हतियार नबुझाउनेलाई ऐन अनुसार कारबाही हुने

      4/10/2017 गते 00 00 मा प्रकाशित     1499   पटक पढिएको

 

वीरगञ्ज, २८ चैत । स्थानीय तहको निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर स्थानीय प्रशासनले पर्सा जिल्लामा रहेका वैध र अवैध हातहतियार बुझाउन सूचना जारी गरे पनि हतियारधनीहरुले सो सूचनाको अटेर गरेका छन् । चैत ३ गते बसेको जिल्ला सुरक्षा समितीको बैठकबाट भएको निर्णय सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले स्थानीय तह निर्वाचन अवधिभर कानुन बमोजिम अनुमति प्राप्त गरेका वा नगरेका हातहतियार चैत मसान्त भित्र जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउन आव्हान गरेको थियो ।

 

तर प्रशासनले दिएको समयसिमा सकिन २ दिन मात्रै बाँकी हुँदा पर्सामा जम्मा १० थान हतियार मात्रै बुझाइएको छ । पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले प्रशासनले जारी गरेको सूचनालाई अटेर गरी हतियार नबुझाउनेहरुलाई हातहतियार तथा खरखजना ऐन अनुसार कारबाही हुने चेतावनी दिए । उनले हतियार नबुझाउने मानिसहरुलाई प्रहरीले जुनसुकै बेलामा पनि पक्रेर कारबाहीको दायरामा ल्याउन सक्ने जानकारी दिए । अनुमति प्राप्त हतियार आजसम्म चुनावमा प्रयोग भएको देखिदैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.