logo

सम्बिधान कार्यान्वयनकालागि स्थानीय चुनाव आवश्यकःनेता राई

      4/4/2017 गते 00 00 मा प्रकाशित     1376   पटक पढिएको

सिमरा  २२ चैत्र
स्थानीय निर्वाचनको घोषणसंगै बारा जिल्लाका  १५ बटा स्थानिय तह नेकपा एमाले बाराले संगठन निर्माणको कामलाई तिब्रता दिएको छ ।  आज एमाले जितपुरसिमरा उप–महानगरपालीका वडा नं. २२ को वडा स्तरीय भेला अमलेखगञ्जमा सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दै एमाले केन्द्रीय बैकल्पिक सदस्य दिनेश राईले सबै जातजातिलाई समेटेर नयाँ संबिधान बनेकोलेयो संबिधान कार्यान्वयनका लागि तोकिएको मितिमा स्थानीय निर्वाचन हुनुपर्न बताए  । त्यसैगरी कार्यक्रममा बोल्दै एमालेबाराका अध्यक्ष सुन्दर बिकले कांग्रेस र माओबादीले देशमा जातीय द्धन्द गराउन खोजेको आरोप लगाउँदैे संबिधान कार्यान्वयन हुन नदिने षडयन्त्रमा लागेको दाबी गरे । 
भगवती ठकुरीको सभापतित्वमा सम्पन्न भेलामा नेकपा एमाले प्रदेश नं. २ का सदस्य भरत खडका,सिता गुरुङ्ग एमाले बाराका उपाअध्यक्ष देव नारायण चौधरी, एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेल,नगर संयोजक कृष्ण खनाल, जिल्ला सदस्य तारा कार्की,रमा गुरुग,सरीता राई,भरत घले नगर सदस्यहरु अमर गुरुङ्ग,जगदीश साह,जयन्ती थापा लगाएतले बिचार ब्यक्त गरे । कार्यक्रमको संचालन सुबास श्रेष्टले गर्नु भएको थियो ।भेलाले भगबती ठकुरीको अध्यक्षतामा १ सय ५० सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.