logo

सदभावनाबाट निकालिए पटेल र यादव

      4/4/2017 गते 00 00 मा प्रकाशित     1098   पटक पढिएको

बीरगंज   २२ चैत्र
राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पार्टी पर्साले सचिव धर्मेन्द्र पटेललाई पार्टीको साधारण सदस्य नरहने गरि पार्टीबाट निष्काशन गरेको छ । त्यस्तै उपाध्यक्ष ईश्वर यादवलाई उपाध्यक्ष पदबाट मुक्त गरेको छ । पार्टीको आज बीरगंजमा बसेको जिल्ला कमिटीको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष इमदाद गदीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । 
    पार्टीको अनुशासन तोडेर पार्टीको हित बिपरित काम गरेकोले पार्टीले कारवाही गर्नु परेको बिज्ञप्तिमा उल्लेख छ । यता कारवाहीमा परेका जिल्ला सचिव धर्मेन्द्र पटेलले आफू पार्टी भित्रको गुटको शिकार भएको प्रतिक्रिया दिएका छन । पार्टीको जिल्ला कमिटीको बैठक भएको प्रति उनले आफूले अनभिज्ञता जाहेर गरेका छन । पार्टीकै कार्यकर्ताले सभासद लक्षमणलालकर्ण संग खेलकुद सामाग्री माग गरेका थिए । सभासद कर्णले दिन्छु भनेर खेल सामाग्री नदिएकोले पार्टीकै कार्यक्रममा उनीबिरुद्ध नारावाजी भएको थियो । नारावाजी गराउनेकाममा पटेल र यादव संलग्न रहेको आरोपमा उनीहरुमाथि कारवाही भएको पटेलले बताए । हाम्रो  संलग्नता थिएन पटेलले भन्नु भयो यो बिषयमा पार्टीमै लडाई हुने छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस बिभिचन्न कार्यक्रम गरि  मनाइँदै

वीरगंज।  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ वीरगंजमा  विश्व रेडक्रस दिवस मनाइएको छ  ।

होटल तथा  पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल

वीरगंज ।  वीरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहलाइ करको दायरामा आउन आग्रह गरेका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.