logo

स्थानीय तहको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्छ ः पूर्वमंत्री पौडेल

      4/1/2017 गते 00 00 मा प्रकाशित     1503   पटक पढिएको

सीमरा १९ चैत । नेकपा एमालेका सांसद तथा पुर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले देशमा ताजा जनादेशका लागी निर्वाचन आवश्यक रहेको बताएका छन  । आसन्न स्थानीय निर्वाचनको तयारीमा एमालेले घनिभुत तयारी गरिरहेको बताउँदै साँसद पौडेलले अब देशको १ नम्बरको पार्टीका रुपमा एमाले स्थापित हुनेमा कुनै शंका नरहेको गरे । जितपुरसिमरा उपमहानगरपालीका १३ डुमरवानामा आज नेकपा एमालेको वडा भेलालाई सम्बोधन गर्दै पौडेलले निर्वाचन नजिकिदै गर्दा मधेशी दललाई समेत सहमतीको बिन्दुमा ल्याउने प्रयास भइरहेको भन्दै उनले मधेशी दलले पनि अब संशोधनको हठ्लाई त्यागेर निर्वाचनमा आउनुको बिकल्प नरहेको बताए  । वडा भेलामा नेकपा ऐमालेका जिल्ला अध्यक्ष सुन्दर बि.क., उपाध्यक्ष देव नारायण चौधरी, केन्द्रीय कृषि बिभाग सदस्य पलट चौधरी, युवा तथा खेलकुद बिकास सदस्य किशोर शर्मा, प्रदेश नं. २ का सदस्य भरत खड्का, जिल्ला सचिवालय सदस्य  डा. कृष्ण पौडल, जिल्ला प्रचार बिभाग प्रमुख मनोज पौडेल, जिल्ला सचिवालय सदस्य इश्वर ढकाल, जिल्ला निर्वाचन कमिटी सभापती राधेश्याम शिवाकोटी, नगर संयोजक कृष्ण खनाल, जिल्ला सदस्य लक्ष्मी नेपाली, निर्वाचन कमिटी सदस्य रुपलाल चौधरी लगाएतले कार्यक्रममा बोलेका थिए  । भेलाले जादोलाल सहनीको संयोजकत्वमा २ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी समेत गठन गरेको छ । यता नेकपा एमाले बाराका अध्यक्ष सुन्दर बिकले नया संबिधानले सबै धर्म र सस्कृतीको पहिचानलाई स्थापित गरेको उल्लेख गदै कार्यान्वनका लागि स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका  छन । बाराको अमलेखगञ्जमा आज साङे छयोलिग बौध गुम्बाले आयोजना गरेको संबिधान कार्यान्वनका लागि जनचेतना मुलक गोष्ठिमा बोल्दै उनले यस्तो बताएका हु्न । त्यसैगरी कार्यक्रमा बोल्दै  एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेल नेकपाएमालेले बृद्धभत्ता लगायतका बिकास निर्माणका जनप्रियकाम गरेकोले अवहुने निर्वाचनमा एमालेले जितनुपर्ने उल्लेख गदै एमालेले जिते मात्र संबिधान कार्यान्वन हुने दाबि गरे । गुम्बाकी अध्यक्ष फुलमाया तामागंको सभापतित्वमा सम्पन्न कार्यक्रममा गुरु जगत दोर्जे दोगं महिला नेत्रृ सिता गुरुग,वडा सचिब बिजय कान्त झा,एमाले गाउ सचिब सुबास श्रेष्ठ लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सन्चालन अरुणा तामागं र संचालन गोपाल घलानको रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.