logo

स्थानीय तहको निर्वाचन पछि बिकासले गती लिन्छ ः सभासद यादव

      4/1/2017 गते 00 00 मा प्रकाशित     1113   पटक पढिएको

बीरगंज १९ चैत ।
नेकपा एमाले पर्सा क्षेत्र नं. २ का सांसद बिचारी यादबले स्थानीय तहको निर्वाचन पश्चात नेपालमा विकासले गती लिने बताएका छन  । पर्साको बेल्वा गाउपालिकाको रामबनमा रहेको प्रावि स्कुलमा भवन निर्माण गर्न १० लाख विनियोजित रकमको जानकारी गराउदै सांसद यादबले सो कुरा बताएका हुन  । उनले मधेशी मोर्चाका कार्यकर्ताहरु भित्र भित्रै निर्वाचनको तैयारीमा जुटीसकेको र बाहिर चुनाव हुन नदिने दोहोरो चरित्र देखाएर जनतामा भ्रमको खेती गरीरहेको बताए । उनले अब जनताले नेकपा एमालेलाई हुन लागेको निर्वाचनमा पहिलो पार्टिको रुपमा स्थिापित गर्ने दावी गरे ।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय प्रचार विभाग सदस्य अरविन्द सिहंले राष्ट्रियताको पक्षमा बोल्ने पार्टी नेकपा एमालेमात्र भएकोले एमालेलाई बदनाम गर्न तराईका जनतामा मोर्चाका कार्यकर्ताले अराजक्ता फैलाउने काम मात्र गरीरहेको बताए ।
नेकपा एमाले रामबन टोल कमिटीका उपाध्यक्ष नारायण त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नं. २ का प्रदेश कमिटी सदस्य बालगोपाल थापा, क्षेत्रीय कमिटी सचिव मानदेव हजरा, क्षेत्रीय कमिटी सदस्य रेयाजुल अन्सारी, बेल्वा गाउंपालिकाको वडा नं. ६ का वडा अध्यक्ष महादेव गुरो लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा अन्य पार्टी परित्याग गरी १० जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् । रामकुमार थापाले  संचालन गरेको कार्यक्रममा सपना मोक्तानले स्वागत गरेकी थिइन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.