logo

लायन्स क्लबद्वारा बिभिन्न कार्यक्रमको आयोजना

      4/1/2017 गते 00 00 मा प्रकाशित     2156   पटक पढिएको

वीरगंज  १९चैत्र
स्वच्छ, सफा र हराभरा  वीरगंज अभियान अन्र्तगत  लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसले आज वीरगंज भंसार क्षेत्रमा रहेको केडिया डेन्टल कलेजको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।  लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका लायन विजय कुशवाहाको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका एक सय विरुवा रोपिएका छन् । जिल्ला वन कार्यालयको सहयोगमा भएको वृक्षारोपण कार्यक्रममा लायन्स क्लबका पिएमसिसि लायन रमेश अग्रवालले विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा राजवृक्ष, गोल्डमोहर, निम, कल्की फुल लगायत एक सय विरुवा रोपिएका छन् । वृक्षारोपण कार्यक्रममा लायन्स क्लब अफ वीरगंज ग्रीन  क्याम्पसका अध्यक्ष लायन वासुदेव तिमिल्सिना, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, लायन्स क्लबका रिजन चेयरपर्सन उमेश साह कानु, लायन्स क्लबका वरिष्ठ सल्लाहाकार डि।एन। अग्रवाल, जिल्ला सल्लाहकार रामहरी पाण्डे, एरिया सहसंयोजक देव चौधरी, जोन चेयरपर्सन राघव आर्चाय, समाजसेवी राजेश तिवारी, केडिया डेन्टल कलेजका कार्यकारी प्रमुख विनोद गुप्ता, लायन्स क्लब अफ वीरगंज आदर्शनगरका अध्यक्ष विनय बंशल, वीरगंज ग्रिन क्याम्पसका उपाध्यक्ष रिकेश गुप्ता,   स्माइलका अध्यक्ष आमिन आलम लगायतका व्यक्तित्वहरुका साथै कलेजका विधार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । यसैबीच लायन्स क्लब अफ वीरगंज आदर्शनगरले आज घडीअर्वा पोखरी परिसरमा निःशुल्क मधुमेह चेकजाँच शिविरको आयोजना गरेको छ । शिविरमा दुई सय ५० जनाको रगत जाँच गरिएको लायन्स क्लब अफ वीरगंज आदर्शनगरका अध्यक्ष विनय बंशलले जानकारी दिए । यसैगरी लायन्स क्लब अफ वीरगंज मिलेनियम ९एमजेएफ० ले आज सुखचैना गाविसका अति विपन्न परिवारहरुलाई उनीहरुको जीवनस्तर उकास्न ५ थान बाख्रा वितरण गरिएको लायन्स क्लबका वरिष्ठ सल्लाहाकार डि।एन। अग्रवालले जानकारी दिए । कार्यक्रममा वितरण गरिएका बाख्राहरुको स्याहार सुसारका बारेमा लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसका अध्यक्ष वासुदेव तिमिल्सिनाले प्रकाश पारेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.