logo

भरतपुर अस्पताल सरकारको प्राथमिकता

      4/7/2017 गते 00 00 मा प्रकाशित     1268   पटक पढिएको

चैत्र २५ । नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्रि तारामान गुरुङले भरतपुर अस्पतालको सेवालाई प्राथमिकतामा राखेको बताउनु भएको छ । जनताको अस्पतालको रुपमा चिनिएको भरतपुर अस्पतालको सेवाको प्रसंसा गर्दै राज्यमन्त्रि गुरुङले अस्पतालको सुदृढिकरणका लागि डेढ करोडको सहयोगको घोषणा गर्नभएको छ । भरतपुर अस्पतालको ५४ औं वार्षिकोत्सवको अवसरमा बोल्दै प्रमुख अतिथि गुरुङले अस्पतालको बहिरङ्ग भवनको विकास र मर्मतका लागि मन्त्रालयले  सहयोग गरेको बताउनुभयो ।]

 

अस्पतालको सेवालाई जनमैत्री बनाउन समेत आग्रह गर्नुभयो । अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले नमुना अस्पताल बनाउन आफु लागि परेको बताउनुभयो । केन्द्रिय अस्पतालको रुपमा विकास गर्न उहाँले राज्यमन्त्रि गुरुङलाई आग्रह गर्नुभयो । स्वास्थ्य मन्त्रालयसंग समन्वय गरी सेवा विस्तारको योजना रहेको अध्यक्ष राजभण्डारीले बताउनुभयो ।

 

अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रुद्र प्रसाद मरासिनीले केन्द्रिय अस्पताल नहुदा  सेवा भनेजस्तो विस्तार गर्न नसकेको  बताउनुभयो । अस्पतालको योजना सुनाउदै डा. मरासीनीले अस्पतालमा एमआरआई सेवा , न्यूरो सर्जरी सेवाको सुरुवात , ट्रमा सेन्टरलाई पूर्ण क्षमतामा संचालन गर्ने तयारी रहेको बतानुभयो । सांसद विष्णुमाया परियारले जनताको स्वास्थ्य सेवामा सधै मुस्कान सहित सेवा दिन आग्रह गर्नुभयो । अस्पताल विरामीको मन्दिर भएको भन्दै विरामीसंग नम्र रुपमा प्रस्तुत हुन अनुरोध गर्नभयो ।

कार्यक्रममा चितवनका राजनैतिक दलका नेताहरुले अस्पतालमा राजनैतिक भर्ना गर्न नहुनेमा जोड दिदै आफुहरुले त्यसमा दवाब नदिने बताए । नेपाली काग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठ , नेकपा एमालेका अरुण पिडित भण्डारी , राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष बद्रि तिमिल्सीना , चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट ,नेपाल चिकित्सक संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेल ,  उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम, सहभागीका कार्यकारी निर्देशक शालिग्राम शर्मा ,  अस्पतालका चिकित्सक डा. मनोज कंडेल , , नर्सिङ  प्रशासक सरिता कार्की , लगाएतले बोल्नुभयो । कार्यक्रममा अस्पतालका पूर्व मेसु डा मथुराप्रसाद श्रेष्ठलाई उत्कृष्ट सेवा पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट सेवा गरे वापत हाल र सेवा निबृत्त भएका कर्मचारीलाई सम्मान गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.