logo

‘ब्लड मनी’ का लागि पहल गर्न सरकारसँग माग

      4/28/2017 गते 00 00 मा प्रकाशित     1475   पटक पढिएको

 

काठमाडौँ, १५ वैशाख । सडक दुर्घटना गराएको आरोपमा साउदी अरबमा जेल परेका दुई नेपालीका आफन्तले अदालतको आदेश अनुसारको ‘ब्लड मनी’ का लागि आफूहरूसँग रकम नभएको भन्दै सरकारसँग सहयोगको लागि आग्रह गरेका छन् ।
 

कुलेखानी, मकवानपुरका दिनेश गोले र मध्यबिन्दु नगरपालिका, नवलपरासीका थानेश्वर भुसालका आफन्तले आज यहाँ पत्रकार सम्मेलन गरी आफूहरू गरिब परिवार भएकाले अदालतले आदेश गरेअनुसारको ठूलो रकम तिर्न नसक्ने भएकाले सरकारको तर्फबाट सो रकम मिनाहा गर्न वा रकम तिर्नका लागि पहल गरी दिन माग गरेका हुन् ।
 

गोलेका बुबा ठूलाकान्छा गोलेले आफ्नो छोरा साउदीमा ट्याङ्कर चालकको काम गरिरहेको र सोही क्रममा रोकीराखेको ट्याङ्करमा जिपले ठक्कर दिँदा जिपमा सवार चार जनाको मृत्यु भएको घटनामा आफ्नो छोरासँग ७५ हजार साउदी रियालअर्थात् नेरु २० लाख बराबर क्षतिपूर्ति स्वरुप ‘ब्लड मनी’का रुपमा अदालतले मागेको जानकारी दिनुभयो ।
 

उहाँले भन्नुभयो– छोरो पठाउँदा बन्धकी राखेको दुई रोपनी जग्गा अझै झिक्न सकेको छैन, त्यत्रो रकम कहाँबाट खोज्नु । त्यस्तै भुसालकी आमा यमकला भुसालले छोरा साउदीमा सवारी चालकको रुपमा काम गर्दैगर्दा अर्को सवारीसाधनसँग ठोक्किन गई दुई जनाको ज्यान गएको र छोरो पनि घाइते भएको बताउनुभयो ।
 

साउदी अदालतले एक लाख ५० हजार रियालअर्थात् रु ४० लाख बढी रकम तिर्नुपर्ने फैसला गरे पनि आफूहरूसँग सो रकम तिर्ने कुनै स्रोत नरहेकाले सरकारले यसका लागि पहल गर्नुपर्ने माग गर्नुभयो ।
 

कार्यक्रममा प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले प्रधानमन्त्रीले गत माघमा विदेशको जेलमा रहेका र ‘ब्लड मनी’ माग गरिएकाको सरकारले रकम तिर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कार्यान्वयन नभएको बताउनुभयो ।
 

सरकारले साउदीस्थित दूतावासबाट पहल गरे आउँदै गरेको इस्लाम धर्मावलम्बीको पर्व रमजानमा धेरै नेपालीले माफी पाउने सम्भावना रहेको औँल्याउनुभयो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.