logo

‘ब्लड मनी’ का लागि पहल गर्न सरकारसँग माग

      4/28/2017 गते 00 00 मा प्रकाशित     1224   पटक पढिएको

 

काठमाडौँ, १५ वैशाख । सडक दुर्घटना गराएको आरोपमा साउदी अरबमा जेल परेका दुई नेपालीका आफन्तले अदालतको आदेश अनुसारको ‘ब्लड मनी’ का लागि आफूहरूसँग रकम नभएको भन्दै सरकारसँग सहयोगको लागि आग्रह गरेका छन् ।
 

कुलेखानी, मकवानपुरका दिनेश गोले र मध्यबिन्दु नगरपालिका, नवलपरासीका थानेश्वर भुसालका आफन्तले आज यहाँ पत्रकार सम्मेलन गरी आफूहरू गरिब परिवार भएकाले अदालतले आदेश गरेअनुसारको ठूलो रकम तिर्न नसक्ने भएकाले सरकारको तर्फबाट सो रकम मिनाहा गर्न वा रकम तिर्नका लागि पहल गरी दिन माग गरेका हुन् ।
 

गोलेका बुबा ठूलाकान्छा गोलेले आफ्नो छोरा साउदीमा ट्याङ्कर चालकको काम गरिरहेको र सोही क्रममा रोकीराखेको ट्याङ्करमा जिपले ठक्कर दिँदा जिपमा सवार चार जनाको मृत्यु भएको घटनामा आफ्नो छोरासँग ७५ हजार साउदी रियालअर्थात् नेरु २० लाख बराबर क्षतिपूर्ति स्वरुप ‘ब्लड मनी’का रुपमा अदालतले मागेको जानकारी दिनुभयो ।
 

उहाँले भन्नुभयो– छोरो पठाउँदा बन्धकी राखेको दुई रोपनी जग्गा अझै झिक्न सकेको छैन, त्यत्रो रकम कहाँबाट खोज्नु । त्यस्तै भुसालकी आमा यमकला भुसालले छोरा साउदीमा सवारी चालकको रुपमा काम गर्दैगर्दा अर्को सवारीसाधनसँग ठोक्किन गई दुई जनाको ज्यान गएको र छोरो पनि घाइते भएको बताउनुभयो ।
 

साउदी अदालतले एक लाख ५० हजार रियालअर्थात् रु ४० लाख बढी रकम तिर्नुपर्ने फैसला गरे पनि आफूहरूसँग सो रकम तिर्ने कुनै स्रोत नरहेकाले सरकारले यसका लागि पहल गर्नुपर्ने माग गर्नुभयो ।
 

कार्यक्रममा प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले प्रधानमन्त्रीले गत माघमा विदेशको जेलमा रहेका र ‘ब्लड मनी’ माग गरिएकाको सरकारले रकम तिर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कार्यान्वयन नभएको बताउनुभयो ।
 

सरकारले साउदीस्थित दूतावासबाट पहल गरे आउँदै गरेको इस्लाम धर्मावलम्बीको पर्व रमजानमा धेरै नेपालीले माफी पाउने सम्भावना रहेको औँल्याउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगन्जमा गर्भवती महिला उद्दार, अस्पतालमा उपचार सुरु

वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।

सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

बरहथवा  ।  सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।

खेलकुद

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।

नेपाल तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न, श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित

वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.