logo

बाबुरामको पार्टीमा निरन्तर बिद्रोह

      4/3/2017 गते 00 00 मा प्रकाशित     1266   पटक पढिएको

काठमाडौँ २१ चैत। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी बीच एकता हुने निश्चित भएपछी नयाँ शक्तिका बरिष्ठ नेताहरु असन्तुष्ट बनेका छन् ।
लामो समय पसिना बगाएको तत्कालिन एकीकृत नेकपा माओवादी परित्याग गरी वैकल्पिक राजनीतिक शक्तीका रुपमा नयाँ शक्ती पार्टी बनाएका पुर्वप्रधानमन्त्री डा.भट्टराई जातीवादी तथा क्षेत्रियतावादी दलसंग विलय हुन लागेको भन्दै नेता देवेन्द्र पौडेल नेतृत्वको समुह असन्तुष्ट बनेको हो ।

नयाँ शक्तीका संगठन विभाग प्रमुख समेत रहेका पौडेलको समुहमा कुमार पौडेल, कल्पना धमला, बलावती शर्मा, देवेन्द्र पराजुली लगायतका नेताहरु रहेका छन् । राजनीतिक पृष्ठभूमी भएका र संगठनकर्ता मानिएको पौडलेको समुह नयाँ विकल्पको खोजीमा लागेको स्रोतले जनाएको छ ।  केही दिनअघी बसेको नयाँ शक्तीको बैठकमा देबेन्द्र पौडेलले कडै शब्दमा पार्टीको आगामी योजना र भारतसंगको सम्बन्धका विषयमा संयोजक भट्टराईको धारणा माग गरेको थिए । जवाफमा भट्टराईले नेपालमा लोकतान्त्रिक गणतन्त्र र संघीयताको मुख्य बैचारिक नेता आफु मात्र भएकोले त्यसलाई जोगाउनु नै पार्टीको कार्यनीति भएको स्पष्ट पारेका थिए ।

उनले दिएको जवाफ स्पष्ट नभएको भन्दै नेता पौडेलले संघीय समाजवादी फोरमसंग एकता गरेर विलय भए त्यो राजनीतिक आत्मसर्पण हुने चेतावनी दिएको स्रोतको दावी छ । बाबुरामका दाहिने हात मानिने नेता पौडेलले नै संघीय समाजवादीसंग एकता गर्न नहुने पक्षमा अडान लिएपछी उनी संकटमा परेको स्रोतको भनाई छ । हिजो मात्रै पार्टी संह संयोजक लगायतका केही नेताहरुले पार्टी परित्याग गरि मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए भने त्यो भन्दा अगावै  निर्मल भट्टराई नेतृत्वको समुहले राष्ट्रिय भेला गरेर  नयाँ शक्ती नेपाल नामक पार्टी गठन गरिसकेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.