पहिलो चरणको निर्वाचनमा काठमाडौँ उपत्यकामा अध्ययन अनुमति
4/28/2017 गते 00 00 मा प्रकाशित
1187 पटक पढिएको
काठमाडौँ, १५ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि नेपालस्थित विदेशी कूटनीतिज्ञहरूलाई काठमाडौँ उपत्यकामा अध्ययन भ्रमणको व्यवस्था गरिएको र दोस्रो चरणको निर्वाचनका लागि पछि निर्णय गरिने जनाएको छ ।
आयोगद्वारा आज ललितपुरमा आयोजित नेपालस्थित विदेशीस्थित कूटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको अन्तक्र्रियामा यस्तो जानकारी दिइएको हो ।
स्थानीय तह निर्वाचनको तयारी र निर्वाचन व्यवस्थापनलगायतका विषयमा जानकारी दिन आयोजित अन्तक्र्रियामा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ४९ वटा राष्ट्रिय संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति प्रदान गरिएको जानकारी दिनुभयो ।
उहाँले नेपालस्थित कूटनीतिक नियोग र विकास संस्थाका प्रमुख तथा साझेदार संस्थालाई काठमाडौँ उपत्यकामा भ्रमण अध्ययनका लागि स्वागत गरिने बताउनुभयो ।
आयुक्त इला शर्माले यो स्थानीय तह निर्वाचन भएकाले राष्ट्रिय पर्यवेक्षकलाई पर्यवेक्षणको अनुमति दिइएको छ र नेपालमा रहेका विदेशस्थित कूटनीतिक नियोग तथा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिलाई काठमाडौँ उपत्यकामा मात्रै अध्ययन भ्रमणको व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।
सहभागी केही विदेशीले पहिलो चरणमा उपत्यकाभित्र र दोस्रो चरणमा कहाँ जाने व्यवस्था हुन्छ भन्ने चासो व्यक्त गरेपछि आयुक्त शर्माले यस विषयमा आयोगबाट पछि निर्णय हुने बताउन्ुभयो ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
ठोरी । पर्साको ठोरी गाउँपालिका ४ निवासी तथा ज्ञानज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर स्याङ्बोका तीनै छोराले पूर्ण छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएपछि उनी स्थानीय क्षेत्रमा चर्चामा आएका छन्।
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्यो।
तपाईको प्रतिक्रिया