logo

कमाउ धन्दामा प्रहरी !

      4/9/2017 गते 00 00 मा प्रकाशित     2011   पटक पढिएको

 

वीरगञ्ज, २७ चैत । गम्भिर प्रकृतिको अपराध अनुसन्धानमा पर्साको प्रहरी पछिल्लो समयमा असफल देखिएको छ । एकवर्ष भित्र पर्सामा भएका हत्याका घटनाहरुलाई अध्ययन गर्दा र त्यसमा पनि तीनवटा गम्भिर प्रकृतिको हत्याको मामिला प्रहरीले टुङ्गोमा पु¥याउन सकेको छैन । ती तीनवटै घटनामा संलग्न अपराधीहरुलाई प्रहरीले कानूनको दायरमा ल्याउन नसकेपछि पीडित परिवारलाई थप त्रासमा बाँच्न बाध्य बनाएको छ । आर्थिक वर्ष २०६५/०६६ भन्दा अगाडि शान्ति सुरक्षा कायम गर्न पर्सा प्रहरी असफल रही आएको थियो । अहिले त्यसकै पुनरावृति भएको अनूभूती सर्वसाधारणलाई हुन थालेको छ । सात वर्ष अगाडी ब्यवसायिक प्रतिवद्धतामा अडिक भएर अगाडी बढेको पर्सा प्रहरी पुनः पुरानै दिशातर्फ उन्मुख भएको घटनाक्रमले देखाउन थालेको छ ।

 

वितेको साउनमा पर्साको चारकोसे झाडीमा पटेर्वा सुगौली गाउ“पालिकाको सोनवर्षाका एकजना मुस्लिम समुदायका यूवकको हत्या भयो । त्यस्तै असोज २० वीरगञ्जको चीनीमिल आवास क्षेत्र स्थित प्रहरीनायब उपरीक्षकको क्वाटर पछाडी एकजना ९ वर्षिय वालक राजन पटेलको शव फेला प¥यो । चैत १५ गते बहुदरामाई गाउँपालिका १ बिश्रामपुरका ३८ वर्षिय अनोद साह कलवारको शरीरका विभिन्न अंगहरु काटिएको अवस्थामा शव फेला प¥यो । यी तीनैवटा घटनाका पीडित न्याय पाउनका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा निकै धाए तर उनीहरुको केही सुनुवाई भएन । आजको दिनसम्म प्रहरीको एउटै जवाफ छ, अनुसन्धान गरिरहेका छौं । तर एउटा अनुसन्धानकर्ताले देखाउने तदारुकता, “कमन्सेन्स” तथा शंकास्पद व्यक्तिहरुको खोजी तथा उनीहरुको बारेमा जाच पडताल लगायतका क्रियाकलाप भएको देखिदैन । महिनौं सम्म कल डिटेल्सको विश्लेषण भइरहेको बहानामा प्रहरी पन्छिदै आएको छ । सोनवर्षाका मियाँको हत्या गाँजा तस्करीसँग जोडिएको मामिला हो ।

यसरी सो क्षेत्रमा हुने यो तेश्रो हत्या हो । मकवानपुरबाट गाँजा चरेस ल्याउन नेपाली सेनाको सुरक्षामा रहेको चारकोशे झाँडीको बाटो तस्करले प्रयोग गर्दै आएका छन् । तस्कर समूहसँग इन्सास राइफल पनि रहेको कुरा पटक–पटक प्रकाशमा आइसकेको छ । गाँजाको स्कर्टिङ्ग गर्न तस्करहरुले माओवादीसँग केहि वर्ष अगाडी दुई थान सो राईफल किनेका थिए । साईकलको फ्रेम काटेर बनाइएको बाह« बोरको कटुवा बन्दुक समातेर बहादुरीको ढिढोरा पिट्ने प्रहरी तस्करसँग भएको स्वचालित आधुनिक हतियार बरामद गर्न सकेको छैन । त्यस्तै राजन पटेलको हत्याको कारण अहिलेसम्म रहस्यकै गर्भमा छ । उनको काका दोषीलाई कारवाही गराउन जिल्ला प्रहरी कार्यालय धाएर थाकिसकेका छन् । राजनका काका वृजकिशोर पटेलले भने ः मैले कान समातिसकेको छु, न्यायको लागि जिल्ला प्रहरी कार्यालय जादिन । त्यस्तै विश्रामपुरको घटना अहिलेसम्म मोवाईल कल डिटेल्सको विश्लेषण मै अल्झिएको छ ।

 

अपराध हेर्ने प्रहरी निरीक्षक उमाशंकर यादव कल डिटेल्सको पोका लिएर पिडितलाई अनुसन्धान गरिरहेको रेडिमेड जवाफ फर्काउने गरेका छन् । यसरी हुने अधिकांश हत्याहरुको कारकतत्व लागूऔषधको तस्करी, भण्डार तथा ओसार पोसार रहेको प्रष्ट छ । पर्सामा गाँजा खेती नभए पनि मकवानपुर, चितवन र धादिङ्गमा उत्पादन भएको गाँजा, चरेस भारतसम्म पु¥याउन पर्साको बाटो प्रयोग भइरहेको छ । पर्सालाई लागूऔषधको ट्राजिन्ट प्वाईन्टबाट मुक्त गराउन जिल्ला प्रहरी कार्यालय पर्सा र त्यसमा समन्वयको भूमिका निर्वाह गर्ने मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडा अर्जुन दृष्टि बनाएको देखिदैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.