logo

प्रहरी प्रमुखमा अर्याल नियुक्त

      4/10/2017 गते 00 00 मा प्रकाशित     1397   पटक पढिएको

काठमाडौं २८ चैत। प्रचण्ड सरकारले लामो विवादपछि डीआईजी प्रकाश अर्याललाई आईजीपीमा नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकको  प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक  नियुक्त गर्ने निर्णय गरेको हो ।  साँझ दोस्रो पटक बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो ।  अर्यालले बढुवाको पत्र  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर बुझेकाछन् । अर्यालको स्थायी घर दाङ घोराही उपमहानगरपालिका १५ भरतपुर हो ।

आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बरका आधारमा उनलाई आईजीपी बनाइएको दावी गरिएको छ । नम्बर पेश गर्न गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, कानुन सचिव र निमित्त प्रहरी प्रमुख रहेको समिति बनाइएको थियो ।

उनीहरुले पेश गरेको कार्यसम्पादनको नम्बरका आधारमा अर्याललाई प्रहरी प्रमुख बनाइएको एक मन्त्रीले बताए ।

माघ २० मा डिआईजी जयबहादुर चन्दलाई महानिरिक्षक नियुक्त गर्न मन्त्रिपरिषदले गरेको निर्णय सर्वोच्च अदालतले उल्ट्याएको थियो । चन्दलाई महानिरिक्षक बनाए लगत्तै मन्त्रिपरिषद्को निर्णय विधीसम्मत नरहेको भन्दै डिआईजी नवराज सिलवालले निर्णय खारेज गरीपाउँ भन्दै सर्वोच्च अदालत रिट दिएका थिए । सर्वोच्च अदालतले तत्कालै महानिरिक्षक नियुक्तीको सरकारी निर्णयलाई अल्पकालिन अन्तरिम आदेश दिएर रोकेको थियो ।

सर्वोच्चले डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय खारेज गर्दै चार वर्षको कार्यसम्पादनमा पहिलो हुनेलाई आईजीपी बनाउन निर्देशन दिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.