logo

प्रेषण कार्यक्रमको बजेट आउँछ–फिर्ता जान्छ

      4/2/2017 गते 00 00 मा प्रकाशित     1516   पटक पढिएको

वीरगंज, २० चैत । सरकारले गरीब, विपन्नवर्गका लागि ल्याएको प्रेषण कार्यक्रमबारे पर्सा जिल्लामा सरोकारवाला सबै अनभिज्ञ रहेकाले विगत नौ वर्षदेखि यो कार्यक्रमका लागि आउने बजेट त्यत्तिकै छ ।सरकारले २०६४ सालदेखि गरिब विपन्नवर्गका बिरामीहरूलाई लक्षित गरेर सरकारी अस्पतालमा उपचार सम्भव नहुनेलाई चिकित्सकले अन्यत्र रेफर गर्दा बाटो खर्चबापत बढीमा रु २ हजारसम्म दिन सक्ने व्यवस्था गरेको थियो ।

 

२०६४ सालमा राष्ट्रिय निश्शुल्क स्वास्थ्य सेवा कार्यक्रम लागू भए पनि पर्सामा आजसम्म यो सेवा कसैले पाएको छैन । नाउक्षे अस्पतालबाट जिल्लाभित्रकै अन्य अस्पताल वा जिल्ला बाहिरका अस्पतालमा चिकित्सककोे सिफारिसमा उपचारका लागि पठाउँदा गरिब, विपन्नवर्गलाई बढीमा रु २ हजारसम्म सवारी सुविधाबापत रकम दिन सकिने व्यवस्था सरकारले गरेको छ । यसका लागि जिल्ला जनस्वास्थ्य कार्यालय, पर्सामा गत वर्षसम्म रु ६० हजार आएको थियो भने यस वर्ष रु २५ हजार मात्र आएको छ । ०६४ सालमा लागू प्रेषण कार्यक्रमबारे नाउक्षे अस्पताललाई नै अहिलेसम्म थाहा छैन । अस्पतालका प्रवक्ता रमेश चौधरीले प्रेषण कार्यक्रमबारे आपूmलाई थाहै नभएको प्रतिक्रिया दिए ।

 

अस्पतालका लेखापाल सुबोध यादवले भने प्रेषण कार्यक्रमका लागि रकम आउने गरेको स्विकारे । उनले बजेट आए पनि उपयोग हुन नसकेको बताए । जिल्ला जनस्वास्थ्यले आर्थिक वर्षको अन्तिममा यो शीर्षकमा बजेट पठाउने गरेकोले उपयोगमा आउन नसकेको लेखापाल यादवले प्रतीकलाई बताए । उनले आर्थिक वर्षको शुरुमा जनस्वास्थ्यले बजेट पठाएको वितरण गर्न सकिने बताए । जिल्ला जनस्वास्थ्य कार्यालयले माग आए दिने भनेर कुर्ने गरेको तर आवको अन्तिमसम्म माग नआए अस्पतालको खातामा राखिने गरेको जनाएको छ । जनस्वास्थ्यले मागै नगरी ढिलो पठाउने भनी अस्पतालले लगाएको आरोपको खण्डन गरेको छ ।

 

यो बजेट सञ्चालनका लागि अस्पतालले पेश्कीबापत रु २० हजारसम्म एकपटकमा लिन पाउँछ । पेश्की सकिएपछि फर्छोट गरी थप पेश्की लिएर पुनः काम गर्न सकिने प्रावधान छ । तर अस्पतालले माग नगर्ने जनस्वास्थ्यले अन्तिममा पठाउने र सरोकारवाला गरिब, विपन्नलाई थाहै नहुने कार्यशैलीले प्रेषण कार्यक्रम सफल हुन सकेको छैन । प्रेषणबापत गरिब, विपन्न वर्गका मानिसलाई यो सेवा प्रदान गर्दा तराईमा २ हजार, पहाडमा ४ हजार र हिमालमा ८ हजार दिने व्यवस्था गरिएको छ । नाउक्षे अस्पतालका लेखापाल यादवले पैसा अन्तिममा आउने र आजसम्म प्रयोग नै नगरी पुनः जनस्वास्थ्यमा पुयाउने गरेको बताए ।

 

सभारःप्रतीक दैनीक

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.