logo

निर्वाचन परिचालनकालागि एमालेले बनायो जम्बो कमिटी

      4/2/2017 गते 00 00 मा प्रकाशित     1553   पटक पढिएको

बारा २० चैत्र ।
      
   बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचन परिचालन गर्नकालागि नेकपा एमाले बाराले अध्यक्ष सुन्दर बिश्वकर्माको १५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बारामा आज सम्पन्न जिल्ला कमिटीको बैठकले निर्वाचन परिचालन कमिटी गठन गरेको हो । 

बैठकले बारा जिल्लामा १५ वटा स्थानीय तहको निर्धारण भएपछि पार्टी स्थायी कमिटीले तय गरेको कार्यविधीअनुसार जिल्लाका चार नगरपालिका र नौ वटा गांउपालिकामा संगठन कमिटीको संयोजक,सह संयोजक तोक्ने निर्णय गरेको छ । जसको संयोजक,सह संयोजक तोक्नुकासाथै  सदस्यहरुसहित कमिटीलाई पुर्णता दिने निर्णय गरेको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले जानकारी दिए । बैठकले कोल्हबी नगर संगठन कमिटीको संयोजकमा पृथ्बी राज सिबाकोटी,सह–संयोजक कल्याणी बिमली,सिम्रौनगढ नगर संगठन कमिटीको संयोजकमा गगनदेब कुशवाहा,सह–संयोजक बबिता राम,महागढीमाई नगर संगठन कमिटीको संयोजकमा धुब प्रसाद साह,सह–संयोजकमा महानन्द यादब,परवानीपुर गाउंपालिका संगठन कमिटीको संयोजकमा अमर प्रसाद यादब,सह–संयोजकमा महेश बि.कलाइ तोकेको  प्रचार बिभाग प्रमुख मनोज पौडेलले बताए  । त्यसैगरी प्रसौनी गाउंपालिका संगठन कमिटीको संयोजकमा धर्मदेब प्रसाद यादब, सह–संयोजकमा भगवति न्यौपाने,फेटा गाउंपालिका संगठन कमिटी संयोजकमा उसमान अन्सारी,सह–संयोजकमा मालती कुशवाहा त्यसैगरी देबताल गाउंपालिका संगठन कमिटी संयोजकमा कौसल किशोर सिंह,सह–संयोजकः अमर यादब,सुवर्ण गाउंपालिका संगठन कमिटी संयोजकमा बन्दना सिहं लाइ जिम्मेबारी प्रदान गरेको छ । त्यसैगरी पचरौता गाउंपालिका संगठन कमिटीको संयोजकमा सुमन प्रसाद साह, सह–संयोजकमा बिन्दा यादब, बारागढी गाउंपालिका संगठन कमिटीको संयोजकमा धनमाया चौधरी, करैयामाई गाउंपालिका संगठन कमिटी संयोजक दशरथ राम ,सह–संयोजक धनिराम चौधरी र कोतवाल गाउंपालिका संगठन कमिटी संयोजकमा महेन्द्र जैसवाल र सह–संयोजकमा सुरेस यादबलाई जिम्मेबारी दिने निणर्य छ ।
बैठकमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवंम प्रदेश नम्बर २ का सह संयोजक  नागेन्द्र चौधरी जिल्ला इन्र्चाज एवम सभासद बलीरर चौधरी,सह इन्र्चाज दिनेश राई,केन्द्रीय सल्लाहकार सदस्य अच्युत मैनाली,नेपाल खेलकुद महासंका केन्द्रीय अध्यक्ष्य एवं सभासद पुरुषोत्तम पौडेल,प्रदेश नम्बर २ का सदस्य भरत खडका,सिता गुरुङ्ग,छबिलाल उप्रति,बिनोद साह,सुरेन्द्र यादब,केन्द्रीय कृषी बिभागका सदस्य पलट चौधरी,केन्द्रीय युवा तथा खेलकुद बिभागका सदस्य किशोर शर्मा लगायतको उपस्थिती रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.