logo

डेढ दशक पछि वीरगञ्जमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुने

      4/14/2017 गते 00 00 मा प्रकाशित     1703   पटक पढिएको

 

वीरगञ्ज, १ वैशाख | विशाल मेमोरियल फाउण्डेशनले वीरगञ्जमा यही बैशाख ९ गते देखि प्रथम टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्ट आयोजना गर्न लागेको छ । शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गरेर विशाल मेमोरियल फाउण्डेशनले प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

 

वीरगञ्जमा झण्डै डेढ दशक पछि राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । बैशाख १६ गते सम्म चल्ने प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब र भारतका गरी कुल आठ टिमको सहभागीता रहनेछ । नेपालका ए डिभिजनका क्लबहरु नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, वीरगञ्ज युनाइटेड क्लब, जनजागृति युवा क्लब सिमरा, भारतको राजमील पटना सहित आठ टिमले भाग लिने विशाल मेमोरियल फाउण्डेशनका अध्यक्ष रुपक पाण्डेले जानकारी दिए । प्रतियोगिता वीरगञ्जको नारायणी रंगशालामा सञ्चालन हुने पाण्डेले जनाए ।

 

प्रतियोगिताको विजेता टिमलाइ नगद पाँच लाख र ट्रफी तथा उपविजेता टिमलाइ दुई लाख ५० हजार नगद सहित ट्रफी पुरस्कार प्रदान गरिनेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एकथान सुजीकी मोटरसाइकल प्राप्त गर्ने प्रतियोगिताका संयोजक अनिल कुमार कलवार जानकारी गराए । प्रतियोगिताको मुख्य प्रायोजक टुबोर्ग बियर तथा सह प्रायोजक जगदम्बा सिमेन्ट प्रालि र रेडबुल रहेका छन् । प्रतियोगितामा ५१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको संयोजक कलवारले जानकारी दिए ।

 

फुटबलको क्षेत्रमा वीरगञ्जको परिचय हराएकाले फेरि वीरगञ्जलाई फुटबलको शहरको रुपमा स्थापित गर्नका लागि नै प्रतियोगिता आयोजना गर्न लागिएको फिफाका पुर्व सहायक रेफ्री गजेन्द्रमान सिंहले पत्रकार सम्मेलनमा जानकारी गराए । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष अनुप तिवारी लगायत फुटबल प्रेमीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन विनोद परियारले गरेका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगन्जमा गर्भवती महिला उद्दार, अस्पतालमा उपचार सुरु

वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।

सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

बरहथवा  ।  सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।

खेलकुद

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।

नेपाल तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न, श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित

वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.