logo

प्रहरी र तस्करबीच झडप

तीन राउन्ड गोली फायर, डिएसपी सहित तीन प्रहरी घाईते

      4/28/2017 गते 00 00 मा प्रकाशित     1262   पटक पढिएको

बारा, १५ बैशाख । भारतसँग सीमा जोडिएको बाराको कचोर्वामा तस्करी गरि ल्याईएको कपडा नियन्त्रणमा लिने क्रममा शुक्रबार अपरान्ह प्रहरी र तस्कर समूहबीच झडप भएको छ । सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ कचोर्वामा भएको झडपमा तस्कर र गाँउलेहरुको आक्रमणबाट बाराका प्रहरी नायब उपरिक्षक राजेन्द्रबाबु रेग्मी तथा प्रहरी जवानद्वय महर ठाकुर र नरेश लुंगेली गरि तीन जना प्रहरी घाइते भएका छन् ।


प्रहरी नायब उपरिक्षक रेग्मीको गर्दनमा चोट लागेको छ । अपरान्ह साढे तीन बजे तिर भएको झडपमा स्थिती नियन्त्रणममा लिने क्रममा प्रहरीले तीन राउण्ड गोली पनि चलाएको छ । प्रहरीले स्थानीय राजेश्वर जयसवाल र विश्वनाथ जयसवालको घरमा छापा मारेर भन्सार राजश्व छलेर ल्याइएको करिब १० लाख रुपैया मुल्यको ठूलो बोरामा रहेको नौ भांगा भारतीय कपडा बरामद गरेको छ ।

प्रहरी माथि आक्रमण गरेको आरोपमा स्थानीय लक्ष्मी यादवलाई प्रहरीले पक्राउ गरेको छ । राजेश्वर र विश्वनाथको घरमा तस्कहरुले लुकाएर राखेको अवैध कपडा नियन्त्रणमा लिन गएको प्रहरी टोली माथि तस्कर र गाँउलेहरुले ढुंगामुढा सहित आक्रमण गर्न थाले पछि स्थिती नियन्त्रणमा लिन तीन राउण्ड हवाइ फायर गर्नु परेको बाराका प्रहरी उपरिक्षक नरेन्द्र प्रसाद उप्रेतीले बताए ।

यसअघि गत बैशाख ११ गते पनि बाराकै धर्मनगरमा प्रहरी र तस्करहरुको समूह बीच झडप हुँदा एक प्रहरी हवल्दार सहित तीनजना प्रहरी घाईते भएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

गोलबजारको विद्यालयमा अध्यक्षको मनोमानी,स्थानीय आक्रोशित

सिरहा । विद्यालयजस्तो संवेदनशील शैक्षिक क्षेत्रलाई निजी कार्यक्रम सञ्चालनको स्थल बनाइएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्।

ठोरी–४ का दलबहादुर स्याङ्बो ,साधारण शिक्षकको असाधारण सफलता,तीनै छोरा डाक्टर

ठोरी । पर्साको ठोरी गाउँपालिका ४ निवासी तथा ज्ञानज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर स्याङ्बोका तीनै छोराले पूर्ण छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएपछि उनी स्थानीय क्षेत्रमा चर्चामा आएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.