logo

चितवनमा तस्करले गैडा मारे

      4/8/2017 गते 00 00 मा प्रकाशित     2571   पटक पढिएको

भरतपुर २६ चैत ।शुन्यचोरी शिकारी वर्ष मनाइरहेको चितवनमा खाग तस्करले गैडा मारेका छन । तस्करले गैडाको खाग र पुच्छर चोरेर लगेको हुनाले तसकरले गैडा मारेको अनुमान गर्न कठिन नभएको संरक्षणविद्वहरुको भनाई छ ।  भरतपुर महानगरपालिका २३ मा रहेको हरियाली सामुदायीक वन क्षेत्रमा भाले गैंडा मारेर खाग र पुच्छर चोरी गरिएको हो  ।गैंडा संरक्षणमा विश्वमै उत्कृष्ट बनेको रुपमा चिनिएको चितवन राष्ट्रिय निकुञ्जकै सामुदायीक वन क्षेत्रमा तस्करले चुनौती दिंदै गैंडा मारेर खाग र पुच्छर चोरी भएकोले संरण अभियानमा  चुनौती  थपिएको छ।
बितेको ३ वर्षदेखी  वर्ष गैडाको शुन्य चोरी शिकार मनाउन सफल चितवनमा यो घटनाले निकुञ्जको सुरक्षा ब्यवस्थामा प्रश्न खडा गरेको छ । चितवन राष्ट्रिय निकुञ्जले गत २०७३ माघ १४ गते गैंडा संरक्षणमा शुन्य चोरी शिकारको एक हजार दिन भव्यताका साथ मनाएको थियो । शुन्य चोरी शिकारको एक हजार दिन मनाउंदा सम्म चितवनमा जम्मा १४ वटा गैंडा कालगतिले मरेको चितवन राष्ट्रिय निकुञ्जको तत्थ्यांक छ ।

त्यसको ४२ औं दिनमा नै तस्करले गैंडा मारी खाग चोरी गरेको हो । यस अघि सन् २००२ मा नेपालमा एकै वर्षमा ३७ वटा गैंडा चोरी शिकारका कारण मरेका थिए ।त्यसपछि गैंडा संरक्षणको क्षेत्रमा भएका संयुक्त पहलको उपलब्धिले शुन्य चोरी शिकार मनाउन सफल भएयता सन् २०१५ मा सार्वजनिक गरीएको एक तत्थ्यांक अनुसार नेपालमा ६ सय ४५ वटा गैंडा रहेकाछन् ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.