logo

डोजर लगाएर खोला पुरिँदै !

      4/9/2017 गते 00 00 मा प्रकाशित     1892   पटक पढिएको

बेल्वा(पर्सा) - दुई महिना अगाडिसम्म झन्डै ६० फिट चौडाईमा सलल बगिरहेको खोला अहिले मुश्किलले ५ फिटको नालामा खुम्चिएको छ । खोला किनारमा रहेका नीजि उद्योगले डोजर लगाएर धमाधम पर्ती(बगर) जग्गा अतिक्रमण गरिरहेका छन् । पर्साको बेल्वा गाउँपालिका-५ स्थित कियासोत खोलाको दुबै किनारमा रहेका उद्योगले करिब १२ बिघा जग्गा अतिक्रमण गरेका छन् । खोलाको पूर्वी किनारामा निर्माण हुन थालेको जगदम्बा सिमेन्टको कंक्रीट उद्योगले आफ्नो भोगचलन वाहेकको बगर र खोला पुरेर पर्खाल निर्माण गरी अतिक्रमणको सुरुवात गरेको हो । नयाँ निर्माण हुने उद्योगले पूर्व पट्टीको बगर अतिक्रमण गरी पर्खाल निर्माण गर्दा स्थानीय प्रशासनले कारबाही नगरेपछि झन्डै १३ वर्षदेखि खोलाको पश्चिमी किनारामा सञ्चालनमा रहेको श्री शिवशक्ति केमो प्लाष्ट उद्योगले पनि गत सातादेखि डोजर नै लगाएर धमाधम खोलाको बगर पुरिरहेको छ । खोलाको पूर्वी किनारा पूर्ण रुपले अतिक्रमण भइसकेको छ ।

 

'संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको हातबाट पर्साको पोखरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा टीकामाला लगाएर प्रवेश गरेका थिए "

 

गाउँलेले डेढ महिना अगाडिनै अतिक्रमण बारे स्थानीय प्रशासनलाई लिखित जानकारी गराएका थिए । तर, सुनवाई भएको छैन् । अतिक्रमण रोक्न लगाउनु त टाढाको कुरा, प्रशासनले हालसम्म उक्त  क्षेत्रमा अनुगमन समेत गरेको छैन् । दुबै उद्योगले अतिक्रमण गरेको जग्गा नापी कार्यालयको नक्सा र फिल्ड बुक उतारमा ‘पर्ती/ऐलानी’ उल्लेख गरिएको छ । अतिक्रमण गर्ने उद्योगी यही चैत ६ गते संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको हातबाट पर्साको पोखरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा टीका र माला लगाएर प्रवेश गरेका थिए ।

उद्योगले अतिक्रमण गरेको क्षेत्र नजिकै सिँचाई विभागले ०५४ सालमा ४ करोड रुपैयाँमा कियासोत खोलामा बंगमोही बाँध निर्मँण गरेको थियो । खोलाको पर्ती जमिन अतिक्रमण हुँदा बाँध समेत प्रभावित बन्ने देखिएको छ । बाँध मर्मत सम्भार र जम्मा भएको माटो वाहिर निकाल्नका लागि उपकरण र कामदार जाने बाटो पुरेर उद्योगले पर्खाल निर्माण गरेका छन् । बाँधमा सञ्चित पानीले वरिपरि गाउँका एक हजार पाँच सय हेक्टर खेती योग्य जमिनमा सिँचाई हुँदै आएको थियो । उक्त  क्षेत्र  वरिपरि गाउँका गाई, भैसी, बाख्रा चरिचरण स्थल पनि हो । तर, उद्योगको अतिक्रमणले चरिचरण  क्षेत्र  मासिएपछि किसान समेत मारमा परेका छन् । मधेसमा नीजि रेखात (चरिचरण गराउने  क्षेत्र ) नहुने किसानले आफ्नो गाई वस्तु खोला किनारको पर्ती, एैलानी जग्गामा चराउने गर्छन् ।

 

"गाउँका केही अगुवाले अतिक्रमण रोक्न स्थानीय प्रशासनलाई लिखित रुपमा पत्राचार गरेपनि सरोकारवाला निकाय एकपटक पनि अनुगमनमा आएका छैनन् ।"

 

ऐलानी सार्वजनिक जग्गा संरक्षण संघर्ष समिति पर्साका अनुसार साविक चोर्नी गाविस वडा नम्बर ७ को कि.नं. ११६ को एक बिघा १३ कठ्ठा, कि.नं.१२१ के एक बिघा ३ कठ्ठा, कि.नं. १२२ को एक बिघा दुई कठ्ठा, कि.नं.१४६ को एक बिघा एक बिघा दुई कठ्ठा, कि.नं.१४८ को दुई कठ्ठा, कि.नं. १४९ को एक बिघा पाच कठ्ठा, कि.नं.१५० को चार बिघा १२ कठ्ठा र कि.नं.१२६ को एक बिघा २ कठ्ठा र बंगमही बाध देखि पूर्व, पश्चिम र दक्षिणको ऐलानी जग्गा अतिक्रमण गरेका छन् । समितिका अनुसार उद्यँेगीले कामदारलाई तेब्बर बढी ज्याला दिएर रातिदिन बगरलाई सम्याउन खटाएका थिए । गाउँका केही अगुवाले अतिक्रमण रोक्न स्थानीय प्रशासनलाई लिखित रुपमा पत्राचार गरेपनि सरोकारवाला निकाय एकपटक पनि अनुगमनमा आएका छैनन् । आफैले रोक्न प्रयास गर्दा प्रहरीले नियन्त्रणमा लिएर थुनामा हालिदिने गरेको छ । आँखा अगाडिनै करिब १० बिघा जग्गा अतिक्रमण हुँदा प्रशासनले रोक्नुको सट्टा अतिक्रमणकारीकै पक्ष लिएकोमा बेल्वा गाउँपालिकावासी चिन्तित बनेका छन् ।

 

"जगदम्बा कंक्रीट उद्योगका सञ्चालक अंकित अग्रवालले जग्गा अतिक्रमण बारे बुझेर मात्र प्रतिक्रिया दिने भन्दै फोन राखे ।"

 

प्रशासनले अतिक्रमण प्रति चासो नलिएपछि अन्य उद्योगले पनि धमाधम अतिक्रमण गरिरहेका छन् । ‘अतिक्रमणको सुरुवाती चरणमै गाविसको सिफारिस, जग्गाको फिल्ड बुक, नक्सा सहित जिल्ला प्रशासन, नापी र मालपोत कार्यालयमा निवेदन दिएका थियौँ,’ संघर्ष समितिका प्रभु यादवले भने, ‘जिल्लाको ऐलानी जग्गा संरक्षणको दायित्व पाएका निकायले चासो नलिएपछि ६० फिटको खोला ५ फिटमा खुम्चिएको छ ।’ जगदम्बा कंक्रीट उद्योग प्रवेश गर्दा खोलाको चौडाई साविक अवस्थामै रहेको देखिन्छ । तर, जब खोला उद्योगबाट निस्किन्छ तब ५ फीट चौडाईमा खुम्चिएको छ । खोलामा माटो पुरेर दुईवटा ह्युम पाइम मार्फत पानीको बहाव वाहिर निकालिएको छ । प्रशासनले चासो नदेखाएपछि स्थानीयले फागुन अन्तिम साता बगरमा निर्माण भइरहेको पर्खाल भत्काएका थिए । तत्काल प्रहरीले १० जनालाई पक्राउ गरी १३ घन्टासम्म वडा प्रहरी कार्यालय श्रीपुरमा थुनेको थियो । बेल्वाका नागेन्द्र प्रसाद मण्डलका अनुसार खोलाको पूर्वमा रहेको जगदम्बा कंक्रीट उद्योगले बगरसँगै खोलाको आधी भाग अतिक्रमण गर्दा प्रशासनले कारबाही नगरेपछि खोलाको पश्चिम पट्टि २०६० खालदेखि सञ्चालनमा रहेको शिवशक्ति केमो प्लाष्ट उद्यँेगले पनि गत सातादेखि डोजर लगाएर आफ्नो जग्गा छेउको बगर पुर्ने काम ठेकेदार मार्फत गराइरहेको छ ।

‘एक दशकभन्दा अगाडि देखिनै सञ्चालन भइरहेको उक्त उद्योगले आफूले भोगचलन गर्दै आएको जग्गामा निर्माण गरेको अग्ला पर्खाल पुराना देखिन्छन्, मण्डल भन्छन्, ‘तर, पूर्व पट्टि खुल्न थालेको नयाँ उद्योगले खोला र बगर अतिक्रमण गरी पर्खाल निर्माण गरेपछि शिवशक्ति केमो प्लाष्टले पनि अतिक्रमण गर्न हौसिएको बुझिन्छ ।’ जगदम्बा कंक्रीट उद्योगका सञ्चालक अंकित अग्रवालले जग्गा अतिक्रमण बारे बुझेर मात्र प्रतिक्रिया दिने भन्दै फोन राखे । यता शिवशक्ति केमो प्लाष्टका प्रबन्धक रत्नेश श्रीवास्तव सम्पर्कमा आउन चाहेनन् । प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले ऐलानी जग्गाको वास्तविक विवरणका लागि नापी र मालपोतलाई पत्राचार गरिएको बताए । ‘वास्तविक विवरण हालसम्म आएको छैन्,’ कान्तिपुरसँग प्रजिअ घिमिरेले भने, ‘विवरण आउनासाथ अनुगमन टोली परिचालन गर्छु ।’  
    

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.