logo

एमालेको अराजकताले समस्या बल्झायोः नेता कोइराला

      4/4/2017 गते 00 00 मा प्रकाशित     1192   पटक पढिएको

बीरगंज   २२ चैत्र
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफनो पार्टीले मधेशी जनताको पक्षमा आवाज उठाउदै आएको बताएका छन । बीरगंजमा नेपाली कांग्रेस पर्साको क्षेत्र नं १को क्षेत्रीय सम्मेलनको उद्धघाटन गर्दै उनले मधेशी मोर्चाले उठाएका कतिपय माग प्रति आफनो पार्टीको समेत सकारात्मक दृष्टिकोण रहेको बताए  । उनले  अंगिकृत नागरिकताका बाहकलाई राष्ट्रको प्रमुख चार सम्बैधनिक पदको जिम्मेवारी दिन भने नहुने बताए  । उनले  राष्ट्रपती ,प्रधानमंत्री ,प्रधानन्यायधीश सुरक्षा प्रमुख जस्ता सम्बैधानिक पदमा अंगिकृत नागरिकताबाहकलाई जान नदिने कुरा ठिक भएको बताउदै अन्य सम्बैधानिक पदमा उनीहरुले पनि भाग लिन पाउनु पर्ने आफनो धारणा रहेको बताए  ।
    उनले नेपाली कांग्रेस भित्र ब्यक्तिगत स्वार्थ पूर्ती गर्ने प्रवृति हावी भएकोले पार्टी कमजोर भएको बताउदै त्यागको र संगठीत हुने भावनाका साथ अगाडि बढेर पार्टीलाई बलियो बनाउनु आजको आवश्यकता भएको बताए । उनले  नेकपा एमालेको अराजकतापूर्ण गतिविधिले मधेशको समस्या बल्झिाएको चर्चा गर्दा समस्या समाधान गर्न नेपाली कांग्रेसले मध्यमार्गीको भूमिका खेल्नु पर्ने बताए । नेपाली कांग्रेसले सुझबुझ पूर्ण रुपमा मधेशको समस्या हल गर्ने कुराको नेतृत्व लिन नसके मधेशमा अरुले खेल्ने कुराप्रति सचेत हुन समेत उनले आग्रह गरे । मधेशमा खेल्ने तत्वलाई खेल्ने वतावरण बन्न नदिन नेपाली कांग्रेसले भूमिका खेल्नु पर्ने उनको धारणा थियो । पार्टीका क्षेत्रीय सभापति बिजय सर्राफको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता सभासद सुरेन्द्र चौधरी अनिल रुङ्गटा पार्टीका जिल्ला सभापति अजय द्विवेदी नेता जनार्दन सिंह क्षेत्री लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

तीन महिनामा प्रेस स्वतन्त्रता  हननका  ५९ घटना सार्वजनीक

काठमाडौँ । तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज । जेनजी  आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.