logo

अस्थायी शिक्षकहरुको धर्ना सातौ दिनमा

      4/30/2017 गते 00 00 मा प्रकाशित     1259   पटक पढिएको

बीरगंज १७ बैशाख । अस्थायी शिक्षक संघर्ष समितिको आव्हानमा ७ औ दिन देखी अस्थायी शिक्षकहरु धर्नामा बसेका छन । जिल्ला शिक्षा कार्यालय पर्सा परिसरमा उनीहरु आफनो रोजगारीको सुनिश्चतताको माग राखेर धर्नामा बसेका हुन ।०४८ साल देखी अध्यापन पेशामा लागेका तर स्थायी नभएका शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन । सरकारले शिक्षा ऐनको आठौ शोधन मार्फत अस्थायी शिक्षकहरुलाई बिल्लीवाठ बनाउने प्रावधानहरु ल्याएको भन्दै उनीहरुले आठौ संशोधनको खारेजीको माग समेत गरेको अस्थायी शिक्षक सर्षष समितिका अध्यक्ष बिन्दा दासले बताउनु भयो ।सरकारले आन्तरिक प्रतिस्पर्धा ब्यवस्था गरेको छ । आन्तरिक प्रतिपस्पर्धामा भाग नलिनेहरुका लागि“ गोल्डेन ह्याण्डसेक”भन्दै केही रकम दिने भएको छ । प्रस्पिर्धामा सहभागी भएर ४० अंक ल्याउन नसक्नेहरु रित्तो हात घर फर्किनु पर्ने छ । यस्तो ब्यवस्थाका बिरुद्ध अस्थायी शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन । उनीहरुले सरकारले ल्याएको यो ब्यवस्थामा आफूहरु सहभागी नहुने बताएका छन । आन्तरिक प्रतिस्पर्धाको नाममा शिक्षकहरुलाई रोजीरोटी कमाउने अवसरबाट बन्चित गराउने काममा सरकार लागेको भन्दै अस्थायी शिक्षकहरु आन्दोलनमा उत्रिनाले पठन पाठन र आउने निर्वाचनमा समेत प्रभाव पर्ने भएको देखिन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.