logo

मालपोत पर्सामा अनलाइन सेवा सुरु

      4/7/2017 गते 00 00 मा प्रकाशित     1629   पटक पढिएको

 

वीरगन्ज-मालपोत कार्यालय पर्सामा शुक्रबारदेखि अनलाइन सेवा सुरु भएको छ । सेवा सुरु भएसँगै भूमाफियाको चलखेल बन्द हुने विश्वास लिइएको छ । भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक सुशील कुमार आचार्यले एक कार्यक्रमकोबीच सेवा सुरु गरेका हुन् । पर्साको शंकरसरैया, सुपौली, बिरन्चवर्वा र बेल्वा गाविसका सम्पूर्ण जग्गाधनीको विवरण अनलाईनमा राखिएको छ । अनलाइन सेवा क्रमश विस्तार गर्दै जाने मालपोत कार्यालय प्रमुख सनद कुमार द्विवेदीले जानकारी दिएका छन् । जग्गाधनीको विवरण सुरक्षित हुनुका साथै सेवाग्रहीले छिट्टो सेवा पाउने उनले बताए । कार्यालय प्रमुख द्विवेदीले यथाशिघ्र जिल्ला भरिकै विवरण अनलाईनमा राख्ने बताए । 

 

यसले भूमाफियाको घूसपैठ र चलखेल समेत निरुत्साहित बनाउने छ । विभागबाट समेत अनलाईन सेवाबारे अनुगमन गर्न सकिने छ । कम्प्युटरमा जग्गाधनीको हस्ताक्षर, तस्बिर, नागरिकता नम्बर लगायतका विवरण समावेश गरिएका छन् । ‘गलत व्यक्तिले सिस्टममा प्रवेश नै पाउँदैनन्,’ मालपोत प्रमुख द्विवेदी भन्छन्, ‘साक्षी बस्ने व्यक्तिको समेत सबै विवरण समावेश गरेका छा’ । भूउपयोग सूचना प्रणाली अन्तर्गत सुरु भएको यो सेवा हालसम्म मुलुकका १४ वटा मालपोत कार्यालयमा विस्तार भइसकेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.