logo

मालपोत पर्सामा अनलाइन सेवा सुरु

      4/7/2017 गते 00 00 मा प्रकाशित     1487   पटक पढिएको

 

वीरगन्ज-मालपोत कार्यालय पर्सामा शुक्रबारदेखि अनलाइन सेवा सुरु भएको छ । सेवा सुरु भएसँगै भूमाफियाको चलखेल बन्द हुने विश्वास लिइएको छ । भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक सुशील कुमार आचार्यले एक कार्यक्रमकोबीच सेवा सुरु गरेका हुन् । पर्साको शंकरसरैया, सुपौली, बिरन्चवर्वा र बेल्वा गाविसका सम्पूर्ण जग्गाधनीको विवरण अनलाईनमा राखिएको छ । अनलाइन सेवा क्रमश विस्तार गर्दै जाने मालपोत कार्यालय प्रमुख सनद कुमार द्विवेदीले जानकारी दिएका छन् । जग्गाधनीको विवरण सुरक्षित हुनुका साथै सेवाग्रहीले छिट्टो सेवा पाउने उनले बताए । कार्यालय प्रमुख द्विवेदीले यथाशिघ्र जिल्ला भरिकै विवरण अनलाईनमा राख्ने बताए । 

 

यसले भूमाफियाको घूसपैठ र चलखेल समेत निरुत्साहित बनाउने छ । विभागबाट समेत अनलाईन सेवाबारे अनुगमन गर्न सकिने छ । कम्प्युटरमा जग्गाधनीको हस्ताक्षर, तस्बिर, नागरिकता नम्बर लगायतका विवरण समावेश गरिएका छन् । ‘गलत व्यक्तिले सिस्टममा प्रवेश नै पाउँदैनन्,’ मालपोत प्रमुख द्विवेदी भन्छन्, ‘साक्षी बस्ने व्यक्तिको समेत सबै विवरण समावेश गरेका छा’ । भूउपयोग सूचना प्रणाली अन्तर्गत सुरु भएको यो सेवा हालसम्म मुलुकका १४ वटा मालपोत कार्यालयमा विस्तार भइसकेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.