logo

अंगिकृतलाई महत्वपूर्ण पद दिन मिल्दैनः नेता डा.कोइराला

      4/2/2017 गते 00 00 मा प्रकाशित     1304   पटक पढिएको

वीरगन्ज, २० चैत 
    अंगिकृत नागरिकता लिएर नेपालमा बसोबास गर्ने कसैलाई देशको संवेदनशिल पदमा लान  नमिल्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले बताएका छन् । निर्वाचन नजिकिदै गर्दा पार्टीलाई पर्सामा पनि अलि चलाएमान बनाउन वीरगन्ज झरेका नेता कोइरालाले नेपाल प्रेस युनियनका पूर्व सभापति काशीनाथ यादवको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘मुलुकको संबेदनशिल चार पदमा अंगिकृत नागरिकता लिएर नेपालमा बसोबास गर्ने कसैलाई लान मिल्दैन’ उनले भने । अंगिकृत नागरिकता लिएर नेपालमा बसोबास गर्ने नागरिक सम्मानित नागरिक नै हुन् । तर राष्ट्रका प्रमुख पद, राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश र सुरक्षा अंगका प्रमुख लगायतका पदमा लाने बाटो खोल्नु हुँदैन । बंशजको आधारमा नागरिकता लिएका अंगिकृतका सन्ततीलाई भने ती पदमा जान कुनै रोकटोक हुँदैन उनले भने । यो कुरा मधेशी दल र मधेशी जनतालाई पनि प्रष्टसँग बुझाउनु पर्छ नेता कोइरालाले थपे । यसमा नेपालको ‘सेन्सेटिभ’ अवस्थालाई अन्य राष्ट्रहरुले पनि बुझिदिनुपर्छ उनले तर्क गरे ।
भाषाका सवालमा हिन्दी भाषालाई नेपालको राष्ट्रभाषाका रुपमा बढावा हुने गरी अगाडि सार्न नहुने पनि उनको भनाइ छ । मातृभाषाहरुलाई सरकारी कामकाजको भाषाका रुपमा अगाडि ल्याउन सकिन्छ । तर मुलुकमा दशमलब शुन्य केही प्रतिशतले बोल्ने हिन्दीभाषा सरकारी कामकाजको भाषा हुन सक्दैन नेता कोइरालाले भने । प्रेस युनियन पर्साका कार्यवाहक अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रदेश सिमांकनका सवालमा पनि अहिले संशोधन गरेर जानु भन्दा पनि शक्तिशाली आयोग बनाएर उसले ल्याएको परिणामलाई स्वीकारेर जाने सहमति गरिनु पर्नेमा जोड दिए । मधेशी मोर्चा मध्यमार्गी शक्ति भएकोले जबरजस्ती भित्तामा पु¥याउन खोजे २ नम्बर प्रदेशबाट नै विखण्डनको बिउ रोपिन सक्छ । उनीहरुलाई पनि सगै लिएर जाने वातावरण मिलाउनु पर्छ । अनि मधेशी मोर्चाले पनि सबै आफैले भनेको हुनुपर्छ भनी जिरह गर्नु उचित होइन । मधेशमा बसोबास गर्ने एकतिहाइ पहाडी मूलका नागरिकलाई मधेशी होइनन् भन्ने केहीको कुरा पनि गलत छ । मधेशमा मधेशी मोर्चाको उग्रवाद र एमालेको उग्रराष्ट्रवादले अझ द्वन्द्व निम्तन्छ । त्यसैले हिमाल पहाड र तराईलाई जोड्ने गरी अगाडि बढ्न पर्ने नेता कोइरालाले सुझाए  । कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी सभासदहरु अनिल रुङ्गटा राजेन्द्र बहादुर अमात्य नेता जनार्दन सिंह क्षेत्री नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा पूर्व अध्यक्ष दिपेन्द्र चौहान लयातले मन्तब्य ब्यक्त गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.