logo

साहका हत्यारालाई कारवाही गर्न स्थानीय जनताको माग

      3/30/2017 गते 00 00 मा प्रकाशित     1316   पटक पढिएको

बीरगंज १७ चैत ।बहुदरामाई गाउपालिकाको साविक बिश्रापुर गाविसका स्थानीयबासीले पर्साका प्रहरी प्रमुखलाई भेटेर सोही ठाउका अनोद साह कलवारको हत्या घटनालाई निष्पक्ष रुपमा अनुसन्धान गर्न माग गरेका छन । चैत १५ गते अनुहार चिन्न नसक्ने गरि गहुँबारीमा फालिएको अवस्थामा साहको लास फेला परेको थियो । 
बिश्रामपुरमा रहेको श्री भंगी साह उच्च माविको नजिकै पूर्व र गाविस भवनको पश्चिम पट्टी गहँुबारीमा साहको शव फेला परेको थियो । उनलाई नजिकैको घरमा हत्या गरेर लाश गन्हाउन थालेपछि गहुवारीमा फालिएको आशंका गरिएको छ । घटनाको प्रकृति हेर्दा घटनास्थल पनि नजिकै हुनु पर्छ हामी त्यसको खोजीमा जुटेका छौ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने । 
साह चैत ८ गते बजार जान्छु भनेर हिँडेपछि घर नफर्केको परिवारजनले बताएका छन् । घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान जारी राखेको छ । पर्साका प्रहरी प्रमुख गोविन्द साहले अनोदको  हत्या भएको भन्दै हत्यारालाई कानूनको दायरामा ल्याउने प्रतिवद्धता जनाए । उनले स्थानीय जनताको ज्ञिासाको जवाफ दिने क्रममा हत्यारा प्रहरीको दाजुभाई नभएकोले हत्यारा जो सुकै भएपनि नछाडिने बताए । उनले स्थानीय जनतासंग अनुसनधाकोलागि प्रहरीलाई सहयोग गर्न अपिल समेत गरे । स्थानीय जनताले  गाउँ बाट केही ब्यक्तिहरु फरार भएकोले उनीहरुलाई अनुसन्धानको दायरमा ल्याउन माग गरेका थिए । एक महिना अगाडि गाउँमा भएको पंचायतीमा अहिले गाउँ छाडेर भाग्नेहरुले सार्वजनीक रुपमै अनोद साहलाई मार्छु भनेका थिए । उनीहरुले नै मारे एक जना बृद्धले भने । प्रहरीले अनुसन्धानको दायरमा सबै आउने बताउदै स्थानीय जनतालाई दोषीलाई कारवाही हुने कुरामा आश्वस्त रहन अनुरोध गरेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.