logo

सरावगी र रौनियार फोरममा

      3/11/2017 गते 00 00 मा प्रकाशित     1198   पटक पढिएको

बीरगंज २८ फाल्गुन ।
बीरगंजका ब्यवसायीहरुले राजनीतिक रुपमा अगाडि बढेर समाजको नेतृत्व लिने उदघोष गर्दैै राजनीतिक पार्टीमा प्रवेशको घोषणा गरेका छन ।
    नेपालको निर्माण ब्यवसायमा अग्रणी संस्था पप्पु  कन्ट्रक्सनका संचालक हरिनारायण रौनीयार बीरगंजको सरावगी ग्रुपका संचालक बिजय कुमार सरावगी र बीरगंजकै सत्य चलचित्र मन्दीरका संचालक प्रमोद साहले संघीय समाजवादी फोरम नेपालमा प्रवेशको घोषणा गरेका हुन ।
    चैत्र ६ गते पार्टी पोखरियामा गर्ने कार्यक्रममा पार्टी प्रवेश गर्ने आज नेपाल पत्रकार महासंघ पर्साको ज्योती सभाकक्षमा आयोजना गरिएको पत्रकार सम्मेलनमा घोषणा गरिएको हो । सामाजिक सेवाको क्षेत्रबाट ख्याती आर्जन गरेका उधोगी सरावगीले आफनो समुदायले पनि नेतृत्व लिएर काम गर्नकालागि सुझाव दिएकोले राजनीतिमा सहभागि हुने निर्णय लिएको बताउनु भयो । नेपाली कांग्रेसको राजनीतिक निरन्तरता बोकेको रौनीयार परिवारका रौनीयारले नेपाली कांग्रेस लगायतका पार्टीले देश र मधेशको हित गर्न नसकेको भन्दै आफूले फोरम रोजेको बताउनु भयो । कार्यक्रममा फोरमका उपाध्यक्ष एवं सभासद लालबाबु राउत पर्सा अध्यक्ष प्रदीय यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.