logo

विकासको बाधक रौनियार फोरममा !

      3/19/2017 गते 00 00 मा प्रकाशित     1612   पटक पढिएको

तिवारी यादव
वीरगञ्ज, ६ चैत ।

                            विकासका विघन बाधकको रुपमा गतिविधि गरे पछि राज्य तथा समाजले कालो सूचीमा राखेका पप्पु कन्ट्रक्सनका संस्थापक सञ्चालक हरिनायाण रौनियार मधेसका क्रान्तिकारी लोकप्रिय पार्टी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरे पछि स्थानीय चिन्तित भएका छन् । शक्ति र सत्ताको नजिक रहेर जनताको भौत्तिक पूर्वाधार विकासको बजेट हिनामिना गरेर अकुत सम्पति थुप्रारेका रौनियार मधेसमा फोरम नेपालतर्फ जनताको झुकाव हेरेर आइतबार पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा रौनियारले थुप्रै आश्वासन सहितका क्रान्तिकारी भाषण गरे पनि कसैले ताली पड्काएनन् ।
                           एउटा मुक्तिकामी पार्टीमा रौनियार जस्ता व्यक्तिले प्रवेश गरे पछि पार्टीको छवि उनको कारणले धुमिल हुने चिन्ताले आम मधेस मात्र होईन, उनको पैतृक गाउँ पोखरिया सतवरियाका वासिन्दालाई समेत सताइरहेको छ ।
    पञ्चायतकालमा पञ्च, २०४६ सालको परिवर्तन पछि सत्तारुढ नेपाली काँग्रेसको मान्छे हुँ भन्दै ठेक्का पट्टाको माध्यमले विकास निर्माणको आयोजनालाई तहश नहश र लथालिङ्ग पार्दै आएका थिए रौनियारले । पञ्चायतकालमा बुवा रामअयोध्या प्रसाद रौनियार पञ्च भएको छविको धाक देखाउँदै हरिनारायणले ठेक्का पट्टाको बहानामा करौडो रुपैयाँ कुम्ल्याएका थिए ।
                            नेपाली काँग्रेसको धाक देखाएर उनले पर्सा जिल्लामा निर्माण गरेका पुल, सडक, नाला, भवन लगायतका कार्यहरु कुनैपनि विधिवत सम्पन्न भएको छैन । २०६३ सालमा प्रत्येक गाउँ–गाउँबाट रकम जम्मा गरी वीरगञ्जबाट पोखरिया जोड्ने सडक ठेक्का भएपनि रौनियारकै कारणले पोखरियासम्म अझै कालो पत्रे सडक पुग्न सकेन ।
    वीरगञ्जको बसपार्क, तिलावे पुल, डम्पिङ्ग साईडको ठेक्का सकार गरी पेश्की रकम समेत झिकेर सो निर्माण योजनाहरु उनले अलपत्र पारेका छन् । जिल्ला अस्पताल पोखरियाको भवनको छत निर्माणाधिन अवस्था मै चुहिन थाले पनि नेपाली काँग्रेसको नेताहरुले रिझाएर नेपाल सरकारलाई सो भवन हस्तान्तरण गरी रकम झ्वाम्म पार्न उनी सफल भएका थिए । ठेक्का सकार गर्ने पेश्की रकम झिकेर व्याँजमा चलाउने र केहि स्थानीयलाई उचालेर सो आयोजनालाई अवरोध गर्ने खालका उजुरी दिलाउने र सो बहानामा काम नगर्ने उनको बानीबाट सबै परिचित छन् ।
                        पश्चिम नेपालमा ठूला निर्माण कार्यको ठेक्का लिएर अलपत्र पारेका कारण र केहि योजनामा गुणस्तरहिन काम गरेका कारण पश्चिम नेपालको वासिन्दामा रौनियारको कारण पर्सा जिल्लाको छवि नै विग्रेको जानकारहरु बताउँछन् । उनको पैतृक गाउँका थुप्रै मानिसहरु पत्रकारहरु मार्फत रौनियारसँग फोरम नेपाल सजग रहनु पर्ने सुझाव दिएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

होटल तथा  पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल

वीरगंज ।  वीरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहलाइ करको दायरामा आउन आग्रह गरेका छन ।

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.